सहाराले खेलाडी अनुबन्धन गरेर क्बल चलाउने, १० लाख रुपैयाँ विनियोजन

पोखरा, २ भदौ/ सहारा क्लब स्थापनको २० वर्ष पुग्यो । क्लब बयस्क बन्यो । निरन्तर फुटबल प्रतियोगिताले

मोफसेली शहरमा सहाराको नाम अग्रपंक्तिमा आउँछ । तर आफनै अनुबन्धित खेलाडी भने अहिले सहारासँग

छैन् । केही वर्ष अघिसम्म खेलाडीलाई अनुबन्धन गरेपनि निरन्तरता दिन सकेन् । अब क्लबले आफनै खेलाडी

बनाउने योजना बनाएको छ । खेलाडीलाई वार्षिक अनुबन्धन गराई मोसफलमा आयोजना हुने विभिन्न गोल्डकपमा

सहभागिता जनाउने निर्णय शनिबारको २० औं साधारणसभाले गरेको छ ।

क्लबले टिम सेट गर्न खेलाडी अनुबन्धन गर्ने निर्णय गरेको हो । अनुबन्धन खेलाडीलाई क्लबको स्वीकृति भन्दा

बाहिर गएर खेल्न जान पाउने अधिकार भने क्लबसँग निहित हुने क्लबले जनाएको छ । सहारा क्लबले एक वर्षको

लागि ११देखि १५ जना खेलाडी अनुबन्धन गर्ने निर्णयमा पुगेको क्लबका अध्यक्ष केशबबहादुर थापाले जानकारी

दिए ।

‘खेलाडी अनुबन्धन गर्ने विषयमा निर्णय गरेका छौं । यद्यपी निर्णय पास भए खेलाडी अनुबन्धन गर्ने काम अगाडि

बढाउने छौं ।’ अध्यक्ष थापाले भने–‘अनुबन्धन एक वर्षको लागि हुने छ ।’ खेलाडी अनुबन्धनको लागि प्राविधिकसँग

सरसल्लाह भईरहेको उनले बताए । क्लबका पुर्व अध्यक्ष, सल्लाहकार, प्रशिक्षक एवं क्लबका पदाधिकारीहरु

समेत छलफल गरिएको अध्यक्ष थापाले स्पष्ट पारे ।

अखिल नेपाल फुटबल संघले असोजदेखि एन्फा लिग गर्ने घोषणा गरिसकेको छ । मोफसलका शहरबाट समेत ए

डिभिजन लिग खेल्न पाउने अवसर जुरेको छ । सहारा क्लबले पनि भविष्यमा लिग खेल्ने योजना सहित गृहकार्यमा

जुटेको छ । आफनै आवासयुक्त एकेडेमी छ । २८ जना बाल खेलाडी छन् । मतदान छ ।

क्लबले खेलाडी अनुबन्धन गर्न यो वर्ष १० लाख रुपैयाँ विनियोजन गरेको छ । विनियोजित बजेटले खेलाडी

अनुबन्धन गर्ने अध्यक्ष थापाले बताए । ‘ यो वर्षको लागि १० लाख रुपैयाँ छुट्टाइका छौं ।’ उनले भने–‘बजेट अपुग

पनि हुन सक्छ । त्यसको लागि फेरी बैठक बसेर तत्कालै निर्णय गरेर काम गरिने छ ।’ क्लबले विभिन्न

प्रतियोगितामा सहभागिता जनाउन स्वेदशी तथा विदेशी खेलाडी अनुबन्धन गर्ने उनले उल्लेख गरे ।

क्लबले १६ औं सस्करणको आहा गोल्डकप टुग्याउँदा एक सस्करण भने आफनो नाममा लेखाएको छ । १२ औं

सस्करण आयोजक सहारा क्लब आफैंंले भित्रयाउँदा तीन अप्रिकन खेलाडी सहाराको जर्सीमा थिए । अन्य

खेलाडीहरु समेत अनुबन्धीत गरिएको थियो । क्लबले मोसफलमा आयोजना हुने प्रतियोगितामा खेलाडी भने

प्रतियोगिता अवधिकै लागि मात्रै अनुबन्धन गर्दै लैजाने गरेको थियो ।

२०५५ सालमा पोखरा बसपार्कबाट शुरु भएको सहारा क्लब आवाससहितको एकेडेमीसम्म आईपुगेको छ ।

वर्षेनी गोल्डकपबाट बचत रकम एकेडेमीमा आवद्ध २८ बाल खेलाडीको भरणपोषण एवं शिक्षामा खर्च गर्दै

आएको छ । क्लबले अक्षयकोष नै स्थापना गरेको छ । अक्षयकोषमा १ करोड ४७ लाख ६४ हजार ४ सय १५

रुपैयाँ जम्मा गरिएको छ । सामाजिक दायित्व पुरा गर्दै फुटबलको विकासमा सहाराले गर्दै आएको योगदानको

कदर गर्दै स्वदेश तथा विदेशबाट समेत आर्थिक सहयोग जुट्दै आएको छ ।

कमेन्टहरु
Loading...