प्रश्न उत्तर गर्न लागे कहिले पनि विकास हुँदैनः क्याप्टेन खड्का

श्याम राना
पोखरा, २८ साउन /नेपाली क्रिकेट टोलिका क्याप्टेन पारस खड्काले प्रश्न उत्तर गर्न लागेमा कहिले पनि विकास नुहने बताएका छन् । १३ अगस्टमा हुने पिपिएल बारे जानकारी दिन सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै खड्काले यस्तो अभिव्यक्ति दिएका हुन् ।

अहिले प्रश्न भन्दा पनि काम गर्ने समय हो । उनले भने, ‘प्रश्न गर्न होइन काममा ध्यान दिन जरुरी छ ।’ नेपालमा काम भन्दा प्रश्न धेरै गर्ने परिपाटी भएकोमा उनले गुनासो गरे । पोखरा रंगशालामा बन्दै गरेको क्रिकेट मैदान निकै राम्रो बनेको भन्दै उनले खुसि व्यक्त गरे । ‘५ वर्ष अघि आउँदा मैदानमा झारले पुरै मैदाननैे ढाकेर खेल्नै नमिल्ने अवस्था थियो,’ उनले भने ।

माछापुछ्रे जस्ता हिमशृङ्खला अन्य देशहरुमा भए पनि ब्याटिङ गर्दै हिमाल हेर्ने सौभाग्य अन्य देशमा नमिल्ने उनले दाबि गरे ।  पछिल्लो ५ वर्ष भित्रमा नेपाली क्रिकेटले प्रगती गर्नुमा नेपाली क्रिकेटका समर्थकहरुको हात रहेको उनको भनाई थियो ।

गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवि पुनले नेपाली क्रिकेटलाई माथि पु¥याउन प्रदेश सरकार सधै सकारात्मक रहेको बताइन । ‘स्वस्थ्य रहन खेल खेल्नु आवश्यक छ,’ उनले भनीन्,‘नेपाली क्रिकेटको सफलताले सम्पूर्ण नेपालीलाई खुसि तुल्याएको छ ।’

गण्डकी प्रदेशका मुख्य मन्त्री पनि पोखरामा खेलकुद विकास गर्ने विषयमा सकारात्मक रहेको उनले सुनाइन । गण्डकी प्रदेशका सांसद दीपक कोइरालाले खेल क्षेत्र आर्थिक उपार्जनको दृष्टिले पनि महत्वपूर्ण हिस्सा बन्न सक्ने बताए । ‘विकसित देशमा खेल क्षेत्रलाई विशेष महत्व दिएर आर्थिक उपार्जनको हिस्सा बनाइन्छ,’ उनले भने ।

नेपाली क्रिकेटका प्रमुख प्रशिक्षक जगतबहादुर टमाटाले सबैको साथ र सहयोगले नेपाली क्रिकेटको विकास हुने बताए । पोखरा प्रिमियर लिगका आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रा.लि.का प्रबन्ध निर्देशक छुम्बि लामाले ‘फ्रेन्चाइज बेस’मा पिपिएल गरिने बताए ।

दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, जस्ता देशका सिरिज पनि पोखरामा गर्न सक्ने अवस्था निर्माण गर्ने सकिने उनले सुनाए ।
नेदरल्यान्ड्स, युएई, हङकङ, जस्ता बलिया एसोसिएट टिमका राष्ट्रिय खेलाडीले पनि पिपिएलमा आवद्द हुने इच्छा देखाएको उनले दाबि गरे । ‘यसका लागि सबैको साथ र सहयोगको खाचोँ छ,’उनले भने ।

कमेन्टहरु
Loading...