स्वर्गीय भोजराज पराजुलीको स्मृतिमा फुटसल

पोखरा, ६ माघ /पोखरा ५ पस्र्याङ्ग निवासी स्वर्गीय भोजराज पराजुलीको स्मृतीमा तथा धर्मस्थली सहकारीको प्रस्याङ्गको स्थापना दिवसमा फुटसल प्रतियोगिता सम्पन्न भएको छ । पोखरा वडा नं ५ अन्तर वडाका टिम विच भएको प्रतियोगितामा मालेपाटन टोल विकासले प्रथम स्थान प्राप्त गरेको छ ।

प्रतियोगितामा रिट्ठे गौडा टोल दोश्रो भयो भने धर्मस्थली टोलले तेश्रो स्थान प्राप्त गरेको छ । विजयी खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथी एवम खेलकुद पत्रकार मंच नेपालका महासचिव हरी प्रसाद पराजुलीले नगद क्रमशः ३, २ र १ हजारका साथै मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

सो अवसरमा उनले पोखरा वडा नं ५ लाई खेलकुदको क्षेत्रमा अगाडी वढाउन सवै संग सहकार्य गर्ने वताए । उनले प्रतियोगिताका लागि आफ्ना पिताको स्मृतीमा नगद प्रायोजन गरेका थिए । धर्मस्थली सहकारीका अध्यक्ष कृष्णमणी भुर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहाकार लेखनाथ भट्टराई,, हेरम्व कोइराला, धनन्जय शर्मा कृष्ण प्रसाद कोइराला, कृष्ण प्रसाद पराजुली लगाएतले खेलकुदको महत्व माथी प्रकाश पारेका थिए । प्रतियोगितालाई प्रत्येक वर्ष निरन्तरता दिने जनाइएको छ ।

कमेन्टहरु
Loading...