शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा मनाङ सेमिफाइनलमा

काठमाडौं, फागुन १३। बङ्गलादेशमा भइरहेको दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा नेपालको मनाङ मर्स्याङ्दी क्लब सेमिफाइनलमा पुगेको छ । समूह ‘बि’ अन्तरगत शुक्रबार भएको खेलमा बंगलादेशको मोहमोदेन स्पोटिङ क्लबले अफागानिस्तानको शाहिन आस्मयीलाई २–१ गोल अन्तरले हराएपछि हेड टु हेडका आधारमा मनाङ सेमिफाइनलमा पुगेको हो ।

मनाङ र मोहमोदेन दुबैको चार चार अंक भए पनि मनाङले मोहमोदेनलाई हराएकाले मनाङ सेमिफाइनलमा पुगेको हो ।समूह ‘ए’ बाट टिसी स्पोर्टस् क्लब माल्दिभ्स र दक्षिण कोरियाको पोचियोन सिटिजन एफसी सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।मनाङले सेमिफाइनलमा टिसी स्पोर्टस् क्लबसँग खेल्नेछ । शुक्रबार नै भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले बंगलादेशको चटगाउँ अवहानी क्लबसँग दुई दुई गोलको बराबरीमा खेलेको थियो ।

दुई गोलको अग्रता बनाइसकेको मनाङले अग्रता जोगाउन नसक्दा खेल बराबरी भएको थियो । बराबरीपछि डिफेन्डिङ च्याम्पियन अवहानी सेमिफाइनलमा पुगेको थियो । समूह चरणको पहिलो खेलमा मोहमोदेन स्पोटिङ क्लबलाई मनाङले २–० गोल अन्तरले हराएको थियो । दोस्रो खेलमा अफगानिस्तानको शाहिन आस्मयीसँग मनाङ ३–१ गोल अन्तरले पराजित भएको थियो ।

 

 

कमेन्टहरु
Loading...