नेशनल प्याब्सान कास्कीको खेलकुद महोत्सव शुरु

पोखरा, १९ मंसिर/निजि तथा आवासिय विद्यालयहरुको छाता संगठन राष्ट्रिय निजि तथा आवासीय विद्यालय एशोसियसन नेपाल, कास्की (एन प्याब्सान कास्की)को आयोजनामा एन प्याब्सान खेलकुद महोत्सव मंगलबार देखि शुरु भएको छ ।महोत्वसवको १२ औ सस्करण अन्तर्गत विभिन विधागत खेलकुद भएपनि औपचारिक उद्घान मंगलबार भएको हो । पोखरा रंगशालामा भएको महोत्सव २१ गते सम्म चल्ने छ ।

एन प्याब्सान कास्कीको संकल्प ः खेलकुद शिक्षाको अभिन्न अंग’ भन्ने मुल नारा लिएको उक्त प्रतियोगितामा फुटबल, भलिबल, टेबुलटेनिस, ह्याण्डबल, बास्केटबल तथा एथलेटिक्स प्रतियोगिता जुनियर र सिनियर तहमा सञ्चालित हुनेछन्।महोत्सवमा नेसनल प्याब्सान, कास्कीमा आवद्घ ४५ विद्यालयका करिव ८ हजार खेलाडी विद्यार्थीले सहभागिता जनाउने र विद्यार्थी र अभिभावक गरी ३० हजारले अवलोकन गर्ने एन प्याब्सान कास्कीको दावि छ ।

एन प्याब्सान कास्कीको वार्षिक क्यालेन्डर अनुसार विद्यार्थीको उचित शारिरीक विकासका निम्ति तथा युगअनुसारको देशलाई आवश्यक खेलाडी उत्पादन गर्ने उद्देश्यले खेलकुद महोत्सवको आयोजना गरिएको हो ।मंगलबार भएको मार्च पासमा कास्की मोडर्नाइज्ड एकेडेमी प्रथम, गोर्खा इंगलिस वोर्डिङ स्कूल द्धितीय, युनिभर्स वोर्डिङ स्कूल तृतीय र त्रिवेणी पब्लिक सान्त्वना भए ।त्यसैगरी ह्याण्डबल छात्रा तर्फ अक्सफोर्ड स्कूल र चिल्ड्रेन्स एकेडेमी विजयी भए भने छात्रा वास्केटबल तर्फ गोर्खा इंगलिस वोर्डिङ स्कूल, हावर्ड एकेडेमी र न्यू ग्यालेक्सी विजयी भए । त्यस्तै छात्र वास्केटबल तर्फ पुष्पसदन एकेडेमी, चिल्ड्रेन्स एकेडेमी र युनिभर्स वोर्डिङ स्कूल विजयी भए ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल सरकारका संघीय खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले वर्तमान सरकार खेलकुद क्षेत्रका विकासका लागि योजनावद्ध रुपमा अघि बढेको बताएका छन् ।‘खेल क्षेत्रको विकास नभईकन देश समृद्धि तर्फ वढ्न सक्दैन’,उनले भने,‘सुखी खुसी र समृद्धि नेपाल निर्माण गर्नका लागि खेल क्षेत्रको विकास गर्न योजनाका साथ अघि बढेको छ ।’उनले रंगशाला निर्माणका लागि अर्थ मन्त्रालयबाट १ अरव ३२ करोड सुनिश्चिता भएको बताउदै छिट्टै टेन्डर आह्वान गरेर पोखरा रंगशाला निर्माणले तिव्रता पाउने विश्वास दिलाए ।

उनले सन २०१९ हुने सागका केहि खेलहरु पोखरा रंगशालामा नै हुने भएकोले यसलाई सफल बनाउने दायित्व पनि पोखरेलीकै हुने बताए ।यो खेलकुद महोत्सवले खेल प्रति रुची बढाउने काम गरेको भन्दै एन प्याव्सन कास्कीलाई यस्ता गतिविधिलाई निरन्तरता दिन समेत उनले आग्रह गरे ।नेशनल प्याव्सानका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले एन प्याव्सान कास्कीले खेल क्षेत्रमा जित्ने र सिक्ने काममा विद्यार्थीलाई सहभागित गराएको भन्दै आभार व्यक्त गरे ।

जिल्ला व्यापी खेलकुद महोत्सव गर्नेमा एन प्याव्सान कास्की नै पहिलो भएको बताउँदै उनले यहाँको सिकोबाट अहिले २६ जिल्लामा यस्ता कार्यक्रम सञ्चालन भएको जानकारी दिए ।नेपाल ह्याण्डबल संघका अध्यक्ष तथा ओलम्पिक कमिटि सदस्य तेजबहादुर गुरुङले खेलाडी उत्पादन गर्न यो महोत्सव कोषेढुंगा सावित हुने बताए ।पोखरा महानगर पालिकाका प्रवत्ता तथा वडा नंं ५ का वडा अध्यक्ष धनबहादुर नेपालीले खेलकुद विकासमा महानगर लागि पर्ने बताए ।एन प्याब्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीको अध्यक्षतामा भएको कार्यक्रममा द्धितीय उपाध्यक्ष केशवशरण पौडेलले स्वागत तथा सचिव मनकाजी गुरुङ र सहसचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...