कर्ण सुब्बाको ह्याट्रिसँगै झापा ११ आहा रारा गोल्डकपको क्वाटरफाईनलमा

पोखरा, ६ माघ/पाहुँना टोली एएनए अमेरिकालाई हराउदै रमपम झापा  ११ पोखरामा जारी १५ औं आहा रारा गोल्डकपको क्वाटरफाईनल प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहिबार​ भएको खेलमा झापाले पाहुँना टोली एएनए अमेरिकालाई ४—१ गोल अन्तरले हराउदै अन्तिम आठको यात्रा तय गरेको हो । झापालाई जित दिलाउने क्रममा कर्ण सुब्बाले ह्याट्रिक पुरा गरे ।उनले प्रतियोगितामै पहिलो ह्याट्रिक गरेका हुन् । खेलको २४ औं मिनेटमा सुब्बाको गोलबाट अग्रता लिएको झापाका लागि ३० औं र ९० औं मिनेटमा पुन उनलेनै गोल थपे ।

कर्ण सुब्बाको ह्याट्रिसँगै झापा  ११ आहा रारा गोल्डकपको क्वाटरफाईनलमा
कर्ण सुब्बाको ह्याट्रिसँगै झापा ११ आहा रारा गोल्डकपको क्वाटरफाईनलमा

झापाको लागि अर्को गोल ७४ औं मिनेटमा बुद्ध चेम्जोङले गरेका थिए ।अमेरिकन टिमको तर्फबाट ८५ औं मिनेटमा शिशिर विश्वकर्माले सान्तोला गोल गरे । यो सँगै पहिलो पटक प्रतियोगितामा सहभागीता जनाएको पाँहुना टोली पहिलो खेलबाटै घर फर्किएको छ ।आजको विजेता झापाले सेमिफाईनल प्रवेशका लागि माघ १० गते नेपाली सेनाको आर्मी क्लबसँग खेल्नेछ । प्रतियोगिता अन्तर्गत अन्तिम प्रि क्वाटरफाईनल खेलमा भोलि नेपाल प्रहरी र संकटा क्लब खेल्नेछन् । प्रतियोगिताको फाईनल खेल माघ १५ गते शनिबार​ हुनेछ ।

 

कमेन्टहरु
Loading...