१२ औं हिसान स्पोर्टस् मिटमा भलिबल, बास्केटबल र टेबुल टेनिसका खेल जारी

पोखरा, ५ माघ /उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको “१२ औं हिसान कास्की स्पोर्ट्स मिट–२०७५” अन्र्तगत छात्रा–छात्र भलिबल, छात्रा–छात्र बास्केटबल र छात्रा–छात्र टेबुल टेनसका खेलहरु पोखरा रंगशालामा जारी रहेका छन ।

शुक्रबार दोश्रो दिनको खेल छात्र भलिबल तर्फ प्रतिभा माबीले सगरमाथालाई २५–१३ र २५–१५ ले, लिटिल स्टेपले पश्चिमाञ्चललाई २१–२५, २५–१३ र २५–१५ ले, मल्टिमोडलले ग्लोबलले २५–१८, १८–२५ र २५–१५ ले सृजना माबीले ज्योतीकुञ्जलाई २५–२१ र २५–१० ले, केएमएले पिकेजीलाई २५–१० र २५–१० को सेटमा पराजित गरेका छन ।

त्यसै गरि छात्रा भलिबलमा हिल पोइन्टले लिटिल स्टेप माबीलाई ३०–२६ र २८–२४ ले र मदरल्यण्डले माउन्ट अन्नपूर्णलाई २५–२२, २५–१० र २५–२० ले सृजनाले सगरमाथालाई २५–१६ र २५–९ ले र न्यू ग्यालेक्सीले मदरल्याण्डलाई २५–२३ र २५–८ को साझो सेटमा पराजित गरेको छ ।

त्यसै गरि छात्र बास्केटबलमा ग्लोबल माबी, न्यूलाइट माबी, सगरमाथा माबी, होटल म्यानेजमेन्ट कलेज बिजयी भएका छन । खेलमा ग्लोबलले मेरिगोल्डलाई २४–१३ ले, न्यस्लायटले सबलाइमलाई ९–८ ले, होटल म्यानेजमेन्टले गुरुकुललाई १९–९ ले र सगरमाथाले पोखरा उच्च माबीलाई १६–६ को स्कोरले पराजित गरेका थिए ।

यसै गरि छात्रा बास्केटबलमा प्रतिभा माबीले मदरल्याण्डलाई २२–७ ले, गुरुकुललाई पोखरा किन्डर गार्डेनलाई ८–२ ले, लिटिल स्टेपले केफलाई ६–२ र केएमए ले हिल पोइन्टलाई ६–३ को स्कोरले पाखा लगाए ।

शुक्रबार सम्पन्न टेबुल टेनिस तर्फ छात्रा सिंगल्समा प्रतिभाकी सोशनी कुवर, पोखरा उच्चमाबीकी सविता गौतम, सगरमाथाकी अपेक्षा थापा र सृजना माबीकी कल्पना थापा सेमीफायनल प्रवेश गरेका छन । छात्र सिंगल्समा पोखरा उच्च माबीका प्रविन गुरुङ, मदरल्याण्डका सन्देश खत्री, वेलननका नविन, सवलाइमका रोशन रायमाझी पनि सेमीफाइनल प्रवेश गरेका छन । टेवुल टेनिसको डवल्स छात्र तर्फ पश्चिमाञ्चल माबी, पोखरा युनाइटेड एकेडमी र ग्लोबल क्वाटरफाइनल प्रवेश गरेका छन ।

कास्कीमा उच्च शिक्षा अध्यापन हुने ६२ विद्यालय र कलेजहरु आवद्ध रहेका मध्ये ५० भन्दा वढी विद्यालय तथा कलेजहरु ८ हजार विद्यार्थीहरुले स्पोर्टस मिटमा सहभागिता जनाएको हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्माले बताए । प्रतियोगिता माघ ६ गते सम्म संचालन हुनेछ ।

कमेन्टहरु
Loading...