एसियन गेम्स फुटबलमा नेपाल जापानसगँ पराजीत

पोखरा, २९ साउन /इन्डोनेसियामा जारी १८ औं संस्करणको एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपाल जापानसँग पराजीत भएको छ ।

सिकाराङस्थित विबावा मुक्ति रंगशालामा भएको समुह डिको खेलमा जापानले नेपाललाई १–० गोल अन्तरले हराएको हो ।

जापानका लागि खेलको ७ औ मिनेटमा एम काओरुले गोल गरे । गोल किपर किरण चेम्जोङको नेतृत्वमा नेपाली टोली मैदान उत्रिएको थियो ।

नेपालबाट सिनियर टोलीका तीन खेलाडी चेम्जोङ सहित मिडफिल्डरहरु रोहित चन्द र बिशाल राई टिममा छन् ।

एसियन गेम्सको औपचारिक उद्घाटन शनिबार हुनेछ । यद्यपी फुटबलसहितका केही खेलहरू उद्घाटन अगावै सञ्चालन भइरहेका छन् ।

नेपाल र जापान यसअघि तीन पटक एसियन गेम्समा भिडेका थिए । तीनै खेलमा जापानले नेपाललाई फराकिलो अन्तरमा हराएको थियो ।

नेपाल जापान सगँ सुधारीको खेल प्रस्तुत ग¥यो । एसियन गेम्सको समूह डी मा रहेको नेपालले दोस्रो खेल बिहीबार भियतनाम र अन्तिम खेल आइतबार पाकिस्तानसँग खेल्नेछ ।

 

कमेन्टहरु
Loading...