पोखरामा एशियाड बन्द प्रशिक्षणमा व्यस्त खेलाडी भन्छन–‘करातेमा हामी निराश बनाउने छैनौ’

पोखरा, ९ जेठ/इण्डोनेशियामा हुने १८ औ यशियाली खेलमा नेपालका तर्फ बाट कराते खेलका ८ जना खेलाडी र २ जना प्रशिक्षक पोखरामा बन्द प्रशिक्षणमा व्यस्त रहेका छन । उनीहरुको एक मात्र ध्येय भनेको यशियाडमा पदक ल्याउनु हो । त्यसैले पनि उनीहरु ढुक्क संग भन्छन कराते खेल बाट हामी निराश पार्ने छैनौ ।

परशुराम बास्तोला प्रशिक्षणमा व्यस्त मध्ये एक खेलाडी २२ वर्ष देखि लगातार कराते खेलिरहेका छन । १७ औ एशियाली खेलमा ५ औ स्थान भएका उनी यस पटक पदक प्राप्त गर्ने आशाका साथ प्रशिक्षणमा व्यस्त छन । उनी ११ औ दक्षिण एशियाली खेलकुद (साग) मा काश्य पदक बिजेता समेत हुन । उनले १८ औ एशियाडमा व्यक्तिगत काता तर्फ खेल्दै छन ।

काता तर्फ महिला तर्फकी खेलाडी चञ्चला दनुवार १५ वर्ष देखि खेलिरहेकी छन । यस पटक बन्द प्रशिक्षणको अवधी छोटो भए पनि आफु पदक जित्नेमा विश्वस्त रहेको उनले बताइन । १२ वर्ष देखि करातेको कुमुतेमा खेल्दै आएकी अनु अधिकारी ५५ केजी मुनीको तौल समुह बाट एशियाडमा सहभागिता जनाउँदै छिन । उनी ११ औ साग खेलेकी रजत पदक बिजेता समेत हुन । १७ औ एशियाडमा उनले सहभागिता जनाएकोले पनि आफु यस पटक पदक प्राप्त गर्ने लक्ष्यका साथ रिङ्गमा उत्रिने बताइन ।

बन्द प्रशिक्षणमा ब्यस्त मध्येका दिवश श्रेष्ठ सागका तिन पटकका गोल्ड मेडलिष्ट हुन । उनी भन्छन–‘नौ वर्ष भयो खेल्न थालेको त्यसमा १७ औ एशियाडमा समेत म ५ औं स्थानमा आउन सफल भएको छु यस पटक पक्कै मेडल ल्याउनेमा ढुक्क छु ।’ यस अघि उनले दुवइ वोदोकान, अष्ट्रेलियन ओपन र थाइलैण्ड ओपनमा समेत मेडल ल्याएका छन ।

साग खेलमा दुइ पटकका गोल्ड मेडलिष्ट कुमुतेका तर्फका प्रशिक्षक हुन । २०५४ साल बाट लगातार करातेमा व्यस्त श्रेष्ठ यति बेला सम्पुर्ण ध्यान प्रशिक्षणमा नै रहेको बताए । उनी भन्छन–‘हामी मेडलको टारगेट प्राप्त गर्ने दिशा तर्फ अघि बढेका छौं ।’ उनले खेलाडीहरुलाई स्वदेशमा कम र विदेशमा बढी समय प्रशिक्षणमा राख्नुपर्ने बताए । ‘खेलाडीलाई अन्तर्राष्ट्रिय एक्सपोजर दिन सक्ने हो भने मेडलको सम्भावना रहन्छ ।’ उनले पोखरामा राम्रो प्रशिक्षण भइरहेको समेत बताए ।

देशले यति बेला कराते बाट धेरै अपेक्षा गरेको बताउँदै प्रशिक्षक श्रेष्ठले युरोप वा जापानमा खेलाडीलाई प्रशिक्षणमा पठाउन चाहेको बताए । युरोपमा पठाइयो भने खेलाडीले धेरै सिक्ने अवसर प्राप्त गर्ने र त्यहाँका राष्ट्रिय खेलाडी संग पनि खेल्ने मौका पाउने उनले बताए । उनले अन्य देशको दाँजोमा नेपालको प्रशिक्षण अवधी कम भए पनि पदकको आश गरेको बताए । उनले भने –‘उनीहरु ४ वर्ष देखि प्रशिक्षणमा छन हामी ४ महिनाको प्रशिक्षणमा ।’

एक साता देखि प्रशिक्षणमा व्यस्त काता तर्फका प्रशिक्षक हिरा सिंह डंगोल पोखराको वातावरणमा खेलाडीले प्रशिक्षण लिने मौका पाउनु सुखद रहेको बताए । इण्डोनेशिया र पोखराको हावा पानीमा खासै फरक नर्पने भएकोले पनि पोखरालाई रोजिएको बताए । उनी राष्ट्रिय खेलकुद परिषद प्रशिक्षण तथा तालिम विभागमा समेत कार्यरत छन ।

नेपालमा २०३९ सालमा स्थापना भएको कराते खेल १९९४ को १२ एशियाली खेलकुदमा काश्य पदक प्राप्त गरेको थियो । सिता राइले उक्त पदक ल्याएकी थिइन । थाइलैण्डमा सम्पन्न १६ औ एशियाडमा सम्मर बहादुर गोलेले रजत पदक र इन्चोइनमा सम्पन्न १७ औ एशियाडमा बिमला तामाङले रजत पदक ल्याएकी थिइन ।

कमेन्टहरु
Loading...