आठौ राष्ट्रपति रनिङ्ग शिल्डमा भलिबलको उपाधि टप्स र बराह माविलाई

पोखरा, १८ बैशाख /कास्की जिल्लास्तरीय आठौ राष्ट्रपति रनिङ्ग शिल्ड विद्यालय खेलकुद प्रतियोगिता अन्र्तगत शुक्रबार सम्पन्न छात्रा भलिबलको उपाधि टप्सले जितेको छ ।

पोखरा रगशालामा सम्पन्न फाइनल खेलमा टप्सले धौलाश्री मावि छुमरुङलाई २५–१२, २५–२०, २५–१४ को सोझो सेटमा पाखा लगाउदै उपाधि जितेको हो । छात्र तर्फको उपाधि बराह मावि भेडाबारीले जितेको छ । फुम्रोखु बराह माविलाई २५–१४, २५–२३, १६–२५, १०–२५, १०–१५ सेटमा पाखा लगाउदै उपाधि जितेको हो । प्रतियोगितामा एथलेटिक्स तर्फ ९० अंक प्राप्त गदै गौरीशंकर उच्च मावि प्रथम भएको छ । ७८ अंक ल्याउदै कास्की मोर्डनाइज्ड बोर्डिङ स्कुल दोस्रो हुदाँ ६९ अंक ल्याउदै टप्स उच्च मावि तेस्रोभयो । एथलेटिक्स तर्फ ७० विद्यालय सहभागी भएका थिए ।

भलिबल छात्रा तर्फ टप्सकी मनिता आले र छात्र तर्फ बराह उमाविका पारस गुरुङ उत्कृष्ट खेलाडी घोषित हुदै नगद ५÷५ हजार र टफी प्राप्त गरे । एथलेटिक्स तर्फ गण्डकी बोर्डिङका विकासकुमार शाह र छात्रा तर्फ टप्सकी शशी चौधरी उत्कृष्ट खेलाडी घोषित भए । विजेता खेलाडीलाई कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, कास्की जिल्ला अध्यक्ष यामबहादुर गुरुङ, क्षेत्रिय सदस्य सम्पन्नमान श्रेष्ठ, देवेन्द्र केसी, कास्की जिल्ला कोषाध्यक्ष दिपकबहादुर गोदार, सदस्य अजय पराजुली लगायतले पुरस्कार वितरण गरेका थिए ।

एथलेटिक्स तर्फको शुक्रबार सम्पन्न १५ सय मिटर दौडमा छात्र तर्फ वेथानी बोर्डिङ स्कुलका विनोद गुरुङले स्वर्ण जिते । एकता सेकेन्डरीका अनिल थापा मगरले रजत र अमरसिंह उच्चमाविका विसन बानियाँले कास्य पदक जिते । छात्रा तर्फ गौरीशंकर उमाविकी जमुना कुँवरले स्वर्ण र गौरीशंकरकै ओममाया फगामीले रजत जित्न सफल भए । भने लक्ष्मी आर्दशकी रन्जिता अधिकारीले कास्य पदक जितिन । त्यस्तै ४ सय मिटर दौडको छात्र तर्फ सैनिक आवासीयका विवेक शर्माले स्वर्ण, टप्स उमाविका अर्जुन अधिकारीले रजत र भुजबहादुर नेपालीले कास्य पदक हात पारे भने छात्रा तर्फ गौरीशंकरकी अनिसा भण्डारीले स्वर्ण हात पारिन भने धौलागिरी माविकी अनिसा त्रिपाठी र टप्स उच्च मावीकी रेश्मा तिवारीले कास्य पदक जितिन् ।

शुक्रबारै सम्पन्न दुई सय मिटर छात्रा दौडमा टप्सकी शशी चौधरीले स्वर्ण जितिन भने गौरीशंकरकी अनिषा भणडरी रजत र छोरेपाटन उच्च मावीकी गोमा विकले कास्य पदक जिते । भने छात्र तर्फ गण्डकी आवासीयका विकासकुमार शाहले स्वर्ण हात पारे भने टप्स उमावीका अर्जुन अधिकारीले रजत र छोरेपान उमाविका उदिप शाहले कास्य जित्न सफल भए । यता ४ गुणा चार सय रिले दौड छात्रतर्फ गौरीशंकर माबिले स्वर्ण जित्दा टप्स माविले रजत र सैनिक आवासीय माविले कास्य पदक जित्यो । त्यस्तै छात्रा तर्फ सैनिक आवासीयले स्वर्ण, गण्डकी आवासीय माविले रजत र डायमण्ड बोर्डिङले कास्य पदक जिते । चार गुणा एक सय मिटर रिले दौडमा चिल्डेन एकेडेमीले स्वर्ण, कास्की मोडनाइज्डले रजत र साइनिङस्टार बोर्डिङ स्कुलले कास्य हात पारे । छात्रा तर्फ कास्की मोडनाइज्डले स्वर्ण, हेम्जा बोर्डिङ स्कुलले रजत र टप्स उमाविले कास्य जित्यो ।

प्रतियोगिता अन्र्तगत हाइजम्प छात्रमा कास्की मोर्डनाइज्डका सविन गिरीले स्वर्ण, पृथ्वीनारायण मावीका सविन विकले रजत र कास्की मोर्डनाइज्डका विलस्पेन रानाले कास्य पदक हात पारे भने छात्रा तर्फ बेसलाइनकी कुशुम रानाले स्वर्ण, कास्की मोेर्डनाइज्डकी इश्शा गुरुङले रजत र सविता वि.क ले कास्य पदक जित्न सफल भए । प्रतियोगिता अन्र्तगत कबडडीको सेमिफाइनल खेल शनिबार विहान हुने भएको छ । शुक्रबार समापन गर्ने भनिएको प्रतियोगितामा कवडडीका खेलहरु सम्पन्न हुन नसकेपछि समापन शनिबार गरिने भएको हो ।

कमेन्टहरु
Loading...