दोश्रो किरण खड्का स्मृती सेभेन ए साइड पोखरामा शुरु, आयोजकको बिजयी शुरुवात

पोखरा, ६ असोज/ शितलज्योती यूबा क्लब पोखरा १२ ले आयोजना गरेको दोश्रो किरण खडका स्मृती सेभेन ए

साइड फुटबल प्रतियोगिता २०७५ शनिबार बाट पोखराको अम्बर सिंह माबीको खेल मैदनमा शुरु भएको छ ।

उद्घाटन खेलमा आयोजक शितलज्योती यूबा क्लब ‘ए’ले गगन ट्याटु यूबा क्लब ‘बि’ लाई १–० गोलले पराजित

गरेको छ । जितका लागि एक मात्र गोल बिशाल गुरुङले गरेका थिए ।

यस अघि प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरका प्रमुख मान बहादुर जिसीले महानगरबाशाीलाई

खेलप्रती जागरुकता ल्याउन र स्वास्थ्य प्रति जनचेतना जगाउन महानगरका सबै वडामा खेल मैदानहरु निर्माण

गरिने बताएका छन । उनले छरिएर रहेको खेलकुदलाई एकिकृत रुपमा बिकास गर्न महानगरले चाँडैनै खेलकुद

निती ल्याउने समेत बताए ।

कार्यक्रममा एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले शितलदेबी यूवा क्लवलाई प्रतियोगिताका लागि आवश्यक

१० थान बल, जाली, झण्डा लगाएतका सामाग्री प्रदान गरेका थिए ।

क्लबका अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष ऋषबदेब

बास्तोला, सचिब पूर्ण गुरुङ, क्लबका द्वितिय उपाध्यक्ष एवम प्रतियोगिता संयोजक मिन प्रसाद गुरुङले यूवा

पिढीलाई विशंगती बाट टाढा राख्दै खेलप्रतीको भावना जगाउन प्रतियोगिता आयोजना गरिएको बताए ।

“समाज निमार्णमा आजका युवा र खेलकुद” भन्ने उद्घोषका साथ १२ गतेसम्म संचालन हुने उक्त

प्रतियोगितामा बिजेतालाई १ लाख ५० हजार, उपविजेतालाई ८० हजार साथमा शिल्ड, मेडल र प्रमाण–पत्र

वितरण गरिने छ । प्रतियोगितामा करिब ४८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाइ माउण्टेन वाईक प्रदान गरिने छ भने प्रतियोगितामा उत्कृष्ट स्टाईकर,

उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई जनही

५÷५ हजारको साथमा ट्रफी मेडल प्रदान गरिने छ । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट प्रशिक्षकलाई ट्रफी र

प्रमाणपत्र वितरण गरिने छ । सेमिफाईनलमा पराजित टिमले समेत जनही १०÷१० हजार प्रदान गरिने भएको

सचिव पुर्ण गुरुङले बताए ।

पोखराको अमरसिंह माबीको खेल मैदानमा संचालन हुने उक्त प्रतियोगिताको मुख्य प्रायोजक माटेपानी–१२

हङकङ परिवार र माटेपानी यूथ एशोसियसन यूके रहेको छ भने सह–प्रायोजक क्लबका आजिबन संरक्षक बि

एण्ड बि गु्रपका होम बहादुर बसेल (बिमल) रहेका छन ।

यसै गरि प्रतियोगिताको प्रथम पुरस्कार क्लवका आजिबन संरक्षक महेन्द्र गुरुङ, दोश्रो पुरुस्कारका प्रायोजक

किरण खड्काका परिवार तथा विशेष सहयोगी योङ्ग टाइगर गु्रप पोखरा लगाएत रहेका छन । क्लबका पुर्व

खेलाडी किरण खड्काको स्मृतिमा उनको परिबारजनबाट ५ लाखको अक्षयकोष स्थापना गरि उनको स्मृतीमा

पहरेका बर्ष प्रतियोगिता आयोजना गरिन्छ ।

कमेन्टहरु
Loading...