क्रोएशियालाई हराउदै फ्रान्स दोश्रोपटक विश्वकप विजेता, कसले कति पाए, कस्ले के जिते

एजेन्सी
रसियामा आइतबार सम्पन्न सन् 2018 विश्वकप फुटबल प्रतियोगितामा क्रोएशियालाई हराउदै फ्रान्सले दोश्रो पटक विश्वकप फुटबलको उपाधि उचालेको छ। फ्रान्सले क्रोएशियालाई ४ -२ गोल अन्तरले हरायो ।

उसले सन् १९९८ मा घरेलु मैदानमा ब्राजिललाई हराउँदै पहिलो पटक विश्वकप उचालेको थियो। दोश्रो पटक विश्वकप उचाल्न उसलाई २० वर्ष लाग्यो।  क्रोएशिया पहिलो पटक विश्वकप फुटबलको फाइनलमा पुगेको हो ।

फ्रिकिकबाट प्राप्त बललाई क्लियर गर्ने क्रममा म्यान्डुजुकिकले खेलको १८ औं मिनेटमा सो बल भूलवश आफ्नै पोस्टमा छिराइदिए। आत्मघाती गोलले पछाडी परेको क्रोएशिया खेलको २८ औं मिनेटमा बराबरी गोल फर्काउँदै खेलमा फर्कियो र आफ्नो विश्वकप सपनालाई जीवित राख्यो।

तर उसको सो सपनालाई खेलको ३९ औं मिनेटमा फ्रान्सका ग्रिजम्यानले निराश पारिदिए र खेललाई २-१ को नतिजामा पुर्‍याए।

पहिलो हाफ २-१ सकिएको खेलमा पोग्वाले फ्रान्सका लागि ५९ औं मिनेटमा गोल गर्दै विश्वकप सपनालाई ३-१ ले नजिक बनाए। उनको सो योगदानमा एमबाबेले ६५ औं मिनेटमा गोल गर्दै दोश्रो पटक विश्वविजेता बन्ने सपनालाई थप बलियो पारे।

यसरी ४-१ ले पछाडी परेको क्रोएशियाले खेलको ६९ औं मिनेटमा फ्रान्सविरूद्ध दोश्रो गोल गर्‍यो र खेल सकिन २५ मिनेट बाँकी रहेकाले आफूले अझैं हार नमानेको जनाउ दियो। ततःपश्चात खेलमा फर्किन क्रोएशियाले पटक पटक प्रयास गरेपनि ऊ फ्रान्सलाई नतिजा सुम्पन बाध्य भयो।

कसले कति पाए

उपाधिसँगै फ्रान्सले १८ क्यारेट सुनको ट्रफीसँगै ३९ मिलियन डलर अर्थात करिब ४ अर्ब नेपाली रूपैयाँ प्राप्त गरेको छ। दोस्रो भएका क्रोएसियाले २८ मिलियन डलर र तेस्रो भएको बेल्जियमले २४ मिलियन डलर पाएको छ। यस्तै चौथो भएको इंल्याण्डले २२ मिलियन डलर पाएको छ।

रसिया विश्वकप २०१८ मा कुल पुरस्कार राशी ७९१ मिलियन डलर रहेको छ। यसअघि ब्राजिल विश्वकप सन् २०१४ को विश्वकप तुलनामा ४० प्रतिशत अर्थात ३० लाख डलर बढी छ।

ब्राजिलको विश्वकपमा कुन पुरस्कार राशी ५७६ मिलियन डलर थियो भने २०१० मा दक्षिण अफ्रिकामा भएको प्रतियोगितामा यो रकम ४२० मिलियन डलर थियो।

स्पेनमा १९८२ भएको विश्वकपमा २० मिलियन डलर, मेक्सिकोमा १९८६ मा २६ मिलियन डलर, इटालीमा १९९४ मा ५४ मिलियन डलर, अमेरिकामा १९९४ मा ७१, फ्रान्समा १९९८ मा १०३, दक्षिण कोरिया र जापानको संयुक्त आयोजनामा २००२ मा भएको विश्वकपमा १५६।६ र जर्मनीमा २००६ मा सम्पन्न खेलमा २६६ डलर पुरस्कार थियो।

क्वाटरफाइनलबाट बाहिरिने ४ वटा टिमले १६/१६ मिलियन डलरका दरले पुरस्कार पाउएका छन्। क्वार्टरफाइनलबाट बाहिरिनेमा उरूग्वे,ब्राजिल, रसिया र स्विडेन छन्।

यस्तै प्रिक्वाटरफाइनलबाट बाहिरिने ८ टिम (पोर्चुगल,अर्जेन्टिना, मेक्सिको, जापान, स्पेन, डेनमार्क, स्विटजरल्याण्ड र कोलम्बिया) ले १२/१२ मिलियन अमेरिकी डलरका दरले पाए। यस्तै समूह चरणबाट बाहिरिने १६ वटा टिमले ८/८ मिलियन डलर पाएका छन्।

कस्ले के जिते

सन् 2018 को विश्वकप फुटबलको विजेता फ्रान्स
उविजेता क्रोएशिया
तेस्रो बेल्जियम
चौथो इंल्याण्ड

#WorldCup 2018 awards:

Golden Ball: Luka Modric(Croatia)

Golden Boot: Harry Kane(England)

Young Player: Kylian Mbappe(France)

Golden Glove: Thibaut Courtois (Belgium)

Fair Play: Spain

 

 

 

कमेन्टहरु
Loading...