उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित

काठमाडौं, ३ चैत/उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएका छन् ।उपराष्ट्रपतिका लागि शनिबार भएको मनोनयनमा वर्तमान उपराष्ट्रपति पुनको मात्रै उम्मेदवारी परेपछि उनि दोस्रो कार्याकालका लागि निर्विरोध उपराष्ट्रपति बनेका हुन् । तर निर्वाचन आयोगले चुनावी प्रक्रिया पूरा गर्नु पर्ने भएकाले यसको औपचारिक घोषणा हुन बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

पुनलाई आईतबार​ निर्वाचन आयोगले उपराष्ट्रपति घोषणा गर्ने छ । शनिबार​ संघीय संसद भवन परिसर नयाँबारेश्वरमा रहेको उपराष्ट्रपति निर्वाचन कार्यालयमा पुगेर पुनले मध्याह्न ११ बजेर ५० मिनेटमा उम्मेदवारी दर्ता गराएका थिए ।राष्ट्रपतिमा आफ्नो उम्मेदवार उठाएको कांग्रेसले उपराष्ट्रपतिमा भने उम्मेदवारी दिएन ।राष्ट्रपतिले विद्या भण्डारीले आफ्नो स्वार्थ अनुसारका काम गरेकाले हार्ने थाहा हुँदा हुँदै उनको विपक्षीमा उम्मेदवार उठाएको तर उपराष्ट्रपतिमा उम्मेदवार नउठाइएको कांग्रेसका नेताहरुले बताएका छन् ।वाम गठबन्धनका उम्मेदवार विद्यादेवी भण्डारी राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भईसकेकी छन् ।

कमेन्टहरु
Loading...