बागलुङ एमालेमा तीन अध्यक्ष उम्मेदवार

राजेशचन्द्र राजभण्डारी
बागलुङ, १२ पुस/नेकपा एमाले जिल्ला कमिटी बागलुङको आठौ अधिबेशनमा अध्यक्ष पदको लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । आगामि पार्टी नेतृत्व हाक्नको लागि अहिले सांसद नरबहादुर थापा, युवा सँघका पुर्ब महासचिव ईन्दलाल सापकोटा र अहिलेका अध्यक्ष श्रीप्रसाद शर्माले उम्मेदवारी दिएका छन् ।

उपाध्यक्षमा कृण्ण पाठक, टँक पौडेल सचिवमा लालबहादुर थापा र ध्रुब केसी सह सचिवमा बिण्णु भुसाल रामबहादुर जिसि र नेत्र बिस्टले उम्मेदवार दर्ता गराएको एमालेले निर्वाचन समितिका ममता देबि शर्माले बताए । शनिबार देखि शुरू भएको एमाले अधिबेशनको तेस्रो दिन भएको निर्वाचन कार्यक्रममा ५७ पदको लागि १३७ जनाले सदस्य लगायतका पदमा उमेदवार दिएका छन् ।

जिल्ला भरिबाट ६ सय ६ जना प्रतिनिधिले भागलिएको यसपटकको निर्वाचनमा अहिले खडा भएका ३ जना उमेदवार केपी ओलि माधब नेपाल समुहका भए पनि अहिले बनेको दुई टिमले खडागरेको उमेदवारलाई छ्यास मिस दुई गुटकै समर्थन रहेको देखिन्छ ।

अधिबेशनको दिन नेकपा एमालेका अध्यक्ष केपि ओलिले गुटबन्दीको राजनीति नगर्न निर्देश दिएर गए पनि बागलुङका नेताहरूले भने त्यसको पालना गरेको देखिएको छैन । यसपटकको अधिबेशन सर्बसम्मत गराउने भनी एमालेका नेता देखि कार्यकर्ता लागि परेपनि त्यो सँभब भने भएन ।बुधबार बिहान सम्म सर्बसम्मत नभए दिउँसो १ बजे देखि मतदान हुने कार्यक्रम रहेको छ ।

कमेन्टहरु
Loading...