राजनीतिक कारणले तिवारीको हत्या – अध्यक्ष पाहारी

पोखरा, १० पुस/नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका अध्यक्ष राजिब पाहारीले एमाले र युवा संघलाई कमजोर पार्न षड्यन्त्रपुर्ण तरिकाले दुर्गा तिवारीको हत्या गरेको आरोप लगाएका छन् ।

तिवारिको हत्या केबल राजनीतिक कारणले गरियको भन्दै तिवारीको हत्यारालाई सरकारले तोकेको पन्ध्र दिनको समय सिमा भित्र प्रक्राउ नगरे कडा आन्दोलन गर्ने बताए । युुवा सघं कास्कीले पोखरा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सविधान सम्शोधनको आन्दोलनमा अग्रपङतीमा रहेकै हत्या गरेको बताए ।

उनले देशलाई सिक्किमिकरण गर्न खोजिएको भन्दै त्यसलाई कुनै पनि हालतमा देशभक्त युवाहरुले सफल हुन नदिने बताएका छन् । भारतको इशारा र निर्देशनमा प्रधानमन्त्री दाहाल र गृहमन्त्री निधिले संविधान बिपरित संशोधान प्रस्ताब संसदमा दर्ता गरेको उनले आरोप लगाए । युवा संघले कानुन हातमा लियर हैन साथमा लियर राष्ट्रघातीहरुलाई ठेगान लगाउने चेतावनी दिए ।

नेपाली सेनालाई शान्ति सेनामा पठाउदा भारत अधिनस्थ राखेर पठाउनु पर्ने भन्ने प्रस्ताब राष्ट्रियता माथिको बर्बर आक्रमण भन्दै त्यसो गरौं भन्नेहरुले नेपाललाई सिक्किमिकरण तर्फ लैजान खोजेको बताए । पहारीले सबै भुगोलका जनताबिचको सहिष्णुता खलबलाउने उद्देश्यले ल्याइएको सिमाङकनको प्रस्ताब कुनै पनि हालतमा बिफल बनायरै छाड्ने बताए । युवा संघ कास्की अध्यक्ष बिष्णु पुनको अध्यक्षतामा भएको थियो ।

कमेन्टहरु
Loading...