राप्रपाबाट पोखरा महानगरको मेयरमा गीता गुरुङ्ग, र उपमेयरमा रमेश खत्री (कुन वडा को सहित )

पोखरा, १४ बैशाख /बैशाख ३१ गते सम्पन्न हुन गइरहेको स्थानीय निकाय निर्वाचनको लागि राप्रपा कास्कीले कास्कीका स्थानीय तहका उम्मेदवारहरुको टुङ्गो लगाएको छ । राप्रपा कास्कीको बैठकले उम्मेदवारहरुको टुङ्गो लगाएको मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष तथा राप्रपा कास्कीका सहसचिव सूर्य बास्तोलाले जानकारी दिए ।

जस अन्तर्गत पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा गिता गुरुङ्ग र उपमेयरमा रमेश खत्रीलाई उम्मेदवारको उठाएको छ भने पोखरा १ को अध्यक्षमा मैत लाल गुरुङ्ग, २ मा विदुर राणा, ३ मा मोतिमान शाक्य, ४ मा युद्ध बहादुर कोइराला, ५ मा रोम बहादुर थापा मगर, ६ मा गणेश ढकाल, ७ मा कान्छा कुमारी जलारी, ८ मा राजु पौडेल, ९ मा नुर प्रसाद गौतम, ११ मा विकास बास्तोला, १२ मा गज बहादुर गुरुङ्ग, १३ मा रामेश्वर कोइराला, १४ मा अमृत बहादुर कार्की, १५ मा रोम बहादुर भण्डारी, १७ मा चन्द्र बहादुर पोखरेल, १८ मा बल बहादुर खड्का, १९ मा कर्ण बहादुर पुन, २० मा नेत्र बहादुर बस्नेत, २१ मा धन बहादुर कार्की, २२ मा भिमनाथ बराल, २३ मा पूर्णाखर सुनार, २४ जगत प्रसाद सुवेदी, २५ मा टेक बहादुर थापा, २६ मा इन्द्र बहादुर घर्ती, २७ मा कृष्ण प्रसाद रेग्मी, २८ मा कृष्ण कुमार तिवारी, २९ मा ओम बहादुर मगर, ३० मा महेश्वर आचार्य, ३१ मा बलराम तिवारी, ३२ मा हरिप्रसाद धमला र वडा नं. ३३ को अध्यक्षमा धर्मराज अधिकारीलाई राप्रपा कास्कीको तर्फबाट प्रतिनिधित्व गर्ने निर्णय गरेको छ ।

त्यसैगरी कास्कीका गाउँपालिकाहरुमा समेत अध्यक्ष पदका उम्मेवार समेत तोकिएको छ । जस अन्तर्गत मादी गाउँपालिकाको अध्यक्षमा देउ बहादुर गुरुङ्ग (ध्रव), अन्नपूर्ण गाउँपालिकामा कुल बहादुर गुरुङ्ग कुलु, माछापुच्छे« गाउँपालिकाको अध्यक्षमा शिव कुमार बास्तोला र रुपा गाउँपालिकाको अध्यक्षमा इन्द्रमान गुरुङ्गलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यसैगरी कास्कीका तोकिएका स्थानीय निकायको निर्वाचनमा सदस्यहरु समेत चयन गरेको छ भने केही बाँकी स्थानमा छिटै नै चयन गरिने राप्रपा कास्कीका अध्यक्ष जयलाल पुनले दिए  ।

कमेन्टहरु
Loading...