कास्की र लमजुङ जोड्ने मोटरेबल पुलको शिलन्यास

पोखरा, ४ फागुन कास्कीकोे हंसपुर गा बि स वडा नम्बर ५ र मिजुरेडाँडा बडा नम्बर ५ जोड्ने मोटरेबल पुलको बुधबार सिलन्यास गरिएको छ । कास्की क्षेत्र नम्बर १ का सांसद यज्ञ बहादुर थापाले उक्त पुलको शिलन्यास गर्नुभएको हो। नेपाल सरकारको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय मार्फत राष्ट्रिय योजना अन्तर्गत ८ करोड १४ लाख लागतमा मादि खोलामा मोटरेबल पसलको शिलन्यास गरिएको हो।

२०७५ साल असारभित्र पूरा गर्नेगरी सिरुवा कन्ट्रक्सन सेवाले २०७२ चैत्र २१ गते पुल निर्माणको सम्झौता गरेको हो । उक्त मोटरेबल पुलको शिलन्यास गर्दै सांसद थापाले मोटरेबल पुलको शिलन्यास हुनु खुशिको कुरा रहेको भन्दै पुल समयमै सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो । उहा“ले हंसपुर र मिजुरेडा“डा जोड्ने पुल निर्माणपछि कास्की र लमजुङ जिल्लालाई निकै समीपमा राख्ने र दुई जिल्लाबीचको घनिष्ठ सम्बन्धलाई अझ व्यापक बनाउने आशा व्यक्त गर्नुभयो ।

सांसद थापाले जिम्मा लिएको पुल अलपत्र नपार्न ठेकेदारलाई समेत सुझाव दिनुभयो । त्यस्तै नेपाली कांग्रेसका कास्की सभापति कृष्ण केसीले गाउ“मा मोटरेबल पुल निर्माण पछि गाउ छोडेर शहर छिरेका स्थानियहरु पनि गा“उ फर्कने आशा व्याक्त गर्नुभयो । कार्यक्रममा नेकपा माओवदी केन्द्रका केन्द्रिय सदस्य कृष्ण दाहालले सम्पुर्ण दलहरुले दलगत स्वार्थ त्यागी बिकास निर्माणको काम जुट्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

उहा“ले समयमै पुल निर्माण सम्पन्न गर्न स्थानियहरुले पनि खबरदारी गर्नुपर्ने बताउनुभयो । शिलान्यास लगत्तै पुलको पिल्लरका लागि जग उठाउने, फलामका सामग्री ढुवानी गर्ने लगायतका काम सुरु गरिने ठेकेदार कम्पनीले जनाएको छ । पुल निर्माण भएपछि कास्कीको हंसपुर, मिजुरे हु“दै आवतजावत गर्न सहज हुनेछ । यो पुलको लम्बाई ८० मिटर र चौडाई ११ मिटर रहेको छ । मोटरेबल पुल सम्पन्न भएपछि कास्की र लमजुङ जिल्लाका ६ गा बि स का बासिन्दा लाभान्बित हुनेछन ।

कमेन्टहरु
Loading...