तरुण दल क्षेत्र नं २ को अध्यक्षमा दिपक गुरुङ

पोखरा, १४ जेठ/नेपाल तरुण दल क्षेत्र नं २ कास्कीको शुक्रबार सम्पन्न चौथो क्षेत्रीय अधिवेशनले निर्विरोध रुपमा दिपक गुरुङ(माईला) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनले उपाध्यक्षमा दिवस कुँवर, सचिवमा मिलन रायमाझी, कोषाध्यक्षमा जंगबहादुर हमाल ठकुरी र जिल्ला सदस्यमा मधुकुमार श्रेष्ठ चयन गरेको छ। त्यस्तै महाधिवेशन प्रतिनिधिमा मदन वस्नेत चयन भएका छन्।

निर्वाचित अध्यक्ष गुरुङलाई शुक्रबार नै बधाईदिदै काङ्ग्रेस केन्द्रीय सदस्य गगन थापाले पार्टीलाई शशक्त बनाउने जिम्मेबारी युवाको काँधमा रहेको उल्लेखगर्दै आउँदो निर्वाचनमा पार्टीलाई विजयी गराउनका लागि जुट्न आग्रह गरे। यसअघि अधिवेशनको उद्घाटन गर्दै सांसद शारदा पौडेलले नेपाली काँग्रेसलाई जिताउनका लागि तरुण दलको ठुलो भूमिका रहेको बताईन्। कम्युनिष्टहरु काँग्रेसलाई सिध्याउनका लागि एक भएर लागेका छन् उनले भनिन्– ‘अव तरुण दलको युवा शक्तिले कम्युनिष्टलाई परास्त पार्न लाग्नुपर्दछ।’

दिपक गुरुङ
दिपक गुरुङ

वर्तमान सरकारले निर्वाचन घोषणा गरेको बताउदै उनले निवार्चनमा पार्टीलाई जिताउनका लागि होमिन आग्रह गरिन्। तरुण दलका केन्द्रिय सदस्य मुक्ति अधिकारीले तरुण एक ढिक्का भएर अगाडि वढ्नु पर्ने बताए। तरुण दलका अर्का केन्द्रिय सदस्य ऋषि काफ्लेले युवाहरु तोडफोडका लागि नभई रचनात्मक र सृजनात्मक कार्यका लागि अग्रसर हुनुपर्नेमा जोड दिए। नेपाली काङ्ग्रेस कास्कीका उपसभापति हरि आचार्यले पार्टीलाई वलियो बनाउन एकतावद्ध तरुणको खाँचो रहेको बताए।

तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले तरुणहरुको एकताबाट नै पार्टीलाई बलियो बनाउन सकिने बताए।अधिवेशनले तरुण लक्षितगर्दै आय आर्जनका लागि रोजगारी सृजना गर्ने खालका कार्यक्रम सञ्चालन गर्ने , समाजका विकृति, विसंगति र दुव्र्यसन न्युनिकरण गर्न अभियान सञ्चालन गर्ने र विपद् तथा द्वन्द्व व्यवस्थापनका लागि समुह तयार गर्ने निर्णय गरेको छ।

कमेन्टहरु
Loading...