कुर्चीको तानातानले राजनैतिक अस्थिरता – डा .भट्टराई

लेखनाथ, २० पुस /नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले अहिले पनि राजनैतिक दलहरु कुर्चीका लागि झगडा गरिरहेको आरोप लगाएका छन् । नयाँ शक्ति पार्टी नेपाल कास्कीको आयोजनामा बुधबार देखि शुरु भएको ६ महिने अभियानको उद्घाटन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले संविधान संशोधन गरी मधेशी तथा जनजातीका माग सम्बोधन गरेर स्थानीय तहको निर्वाचन गर्नु पर्ने बेलामा को कुर्चीमा बस्ने भन्नेमा नेताहरु लागेको बताए ।

उनले प्रधानमन्त्री सत्ताका लागि कुर्ची तानातान गर्दा राजनैतिक अस्थिरता बढेको बताए । उनले भ्रष्टाचारको दलदलमा फसेको राजनीतिलाई बाहिर निकाल्न नसकेसम्म देशको विकास अघि वढ्न नसक्ने उल्लेख गरे । संयोजक भट्टराईले ठूला ठूला परियोजनाहरुमा तलदेखि माथिसम्म हुने कमिसनको खेलले त्यस्ता आयोजनाहरु कहिल्यै पनि समयमै पूरा नहुने गरेको उदाहरण पेश गर्दै भष्टचारको अन्त्य नै नयाँ शक्ति नेपालको मुख्य अभियान रहेको बताए ।

नेपालको राजनीतिलाई भ्रष्टाचारबाट मुक्त गर्ने सूत्र आपूmहरुले पत्ता लगाएको दावी गर्दै उनले निर्वाचित राष्ट्रपति प्रणालीको शासन लागू गर्ने अभियानका नयां शक्ति पार्टी लागेको बताए । उनले यो प्रणाली लागू हुन सक्यो भने पाँच वर्षसम्म एउटै व्यक्तिको शासन प्रणाली गर्दा देशमा शान्ति र स्थायीत्व कायम भई भ्रष्टाचारको अन्त्य हुने विश्वास व्यक्त गरे ।

सोही अवसरमा पाइलट कर्नेल मदन केसी नयाँ शत्तिमा प्रबेश गरेमा छन् । नेपाली सेनामा हुदाँ सगरमाथाको चुचुरो सम्म हेलिकप्टर उडाएर आरोहीहरुलाई उद्धार गरेका केसी जागिरे जिवनको अनुभवलाई राजनीतिमा प्रयोग गरि अगाडी वढ्ने उद्घोषका साथ नयाँ शक्ति पाटीमा प्रबेश गरेको बताए ।

कमेन्टहरु
Loading...