अन्नपुर्ण गाँउपालिका अध्यक्षमा गुरुङ आकांक्षी

पोखरा, १४ वैशाख /वैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनमा अन्नपूर्ण गाँउपालिकाको प्रमुखमा राप्रपाका पुर्व केन्द्रिय सदस्य कुलबहादुर गुरुङ ‘कुलु’ले आकांक्षा प्रकट गरेका छन् ।

गुरुङले शुक्रबार एक कार्यक्रमका बीच जन्मदिनको अवसर पारेर उमेद्वारी घोषणा गर्ने बताएका छन् । जिविस कास्कीका पुर्व सदस्य समेत रहेका गुरुङ स्थानिय स्तरमा निकै लोकप्रिय र विकासप्रेमी मानिन्छन् ।

गुरुङले तत्कालिन ढिकुरपोखरी गाँउपन्चायतको उपप्रधानपन्च, माछापुच्छे« उच्च माविको अध्यक्ष, माछापुच्छे« शिक्षा क्याम्पसको सदस्य,साविक ढिकुरपोखरी ६ स्थित ल्होसेपाखा सामुदायिक वनको संस्थापक अध्यक्ष, नेपाल रेडक्रस सोसाइटीको आजिवन सदस्य, हालै ढिकुरपोखरीमा संचालित महायज्ञको सहअध्यक्ष भई सेवा गरीसकेका छन् ।

सबैसँग सन्तुलन मिलाउन सक्ने मध्यमार्गी बिचार बोकेका गुरुङलाई कम बोल्ने र बोलेका कुरा काम गरेर पुरा गरी देखाउने इमान्दार नेताका रुपमा बुझ्ने गरिन्छ । गुरुङले निर्वाचन आफुले जित्ने र आफ्नो जीत सबै गाँउपालिकावासीको जीत हुने दावी समेत गरेका छन् ।

कमेन्टहरु
Loading...