पर्यटक माइक्रोको ठक्करले कास्कीका अधिकृत घाइते

पोखरा १२ असार /पोखरामा माइक्रोले ठक्कर दिदा मोटरसाइकलमा सवार एक जना घाइते भएका छन् । ग १ य १७८ नम्बरको पर्यटक माइक्रोले जिल्ला कृषी विकास कार्यालय कास्कीका प्रकाश बस्ताकोटी घाइते भएका हुन् ।

पोखराको राष्ट्रबैंक चोकमा सोमवार दिउसो ४ बजे माइक्रोले ठक्कर दिदा मोटरसाइकलमा लेकसाइडबाट एयरपोर्ट तर्फ जार्दै गरेको ग १ य १७८ नम्बरको माइक्रोले ड्यामसाइडबाट रत्नचोक तर्फ आइरहेको ग १२ प ४७४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते बस्ताकोटीलाई मेट्रोसिटी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । मोटरसाइकल, माइक्रो र चालक वडा प्रहरी कार्यालय बैदामको नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...