ट्होटें र्यालीमा चिउली पार्चे प्रथम

पोखरा, २९ साउन / तमु धिं नेपालद्धारा आयोजित ट्होटें र्यालीमा चिउली पार्चे तमु समाज पोखरा प्रथम हुदै पुरस्कृत भएको छ।

प्रथम हुदै चिउली पार्चेले १५ हजार नगदसहित ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत भयो।

र्यालीमा दुधपोखरी दोश्रो हुदै १० हजारसहित ट्रफी, तेश्रो भएको फूलवारी ५ हजारसहित ट्रफी, प्रमाणपत्रबाट पुरस्कृत बन्यो।

यसरी नै बगर, याङजाकोट र तनहु तमु समाज सान्त्वना हुदै जनही ३ हजार र प्रमाणपत्र प्राप्त गरे भने झोरा प्रस्तुत गरेको आँधीखोला तमु समाजलाई ३ हजार नगदसहित प्रमख अतिथि सांसद गुरुङ, ओम डेभलपमेण्ट बैकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले पुरस्कृत गर्नुभएको थियो।

ट्होटे र्यालीको नतिजा मुल्यांकन समितिकी संयोजक अधिवक्ता जुनाकुमारी गुरुङले घोषणा गर्नुभएको थियो। मुल्यांकनका लागि तमु धिं नेपालकी सचिव अधिवक्ता जुनाकुमारी गुरुङको संयोजकत्वमा सल्लाहकार डा.दीर्घमान गुरुङ, कोषाध्यक्ष सुमे श्रीप्रसाद गुरुङ र साँस्कृतिक समिति सचिव श्रीजंग गुरुङ रहेको समिति गठन गरिएको थियो।

कमेन्टहरु
Loading...