पोखराका क्याम्पसमा चुनावी माहोल, कस कस्ले दिदै छन् उमेद्वारी

सागर राज तिमिल्सिना
पोखरा, १४ फागुन /त्रिभुवन विश्वविद्यालयमा १८ फागुनमा हुने स्ववियु चुनावको मतदानको समय नजिकिएसँगै पोखराका क्याम्पसहरुमा चुनावी माहोले तातेको छ ।  विद्यार्थी संगठनहरू आफ्नोे पक्षमा मतपार्न विभिन्न प्रचारका शैलामा चुनावी माहोलमा छन् । पोखरामा त्रिभुवन विश्वविद्यालय अन्तरगतका ६ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुदै छ ।

पोखरा पृथ्वीनारायण क्याम्पस, जनप्रिय क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरीङ क्याम्पस, वनविज्ञान क्याम्पस, सस्कृत क्याम्पस र नसिङ क्याम्पसमा निर्वाचन हुदैछ । शनिवार उमेद्वारीको नाम दर्ता गर्दै छन् । सबै भन्दा बढि विद्यार्थी भएका पृथ्वीनारायण क्याम्पसमा ८ हजार १९ जना मतदाता संख्या रहेको छ । पृथ्वीनारायण क्याम्पसमा स्ववियुको नेतृत्व लिन अनेरास्ववियुको तर्फबाट सरिता पुरीलाई उमेद्वार बताएको छ भने नेपाल विद्यार्थी संघले दिनेश शर्मा वा रेशम हमाल एकलाई उमेद्वार बनाउदै छ ।

त्यसै गरि अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस जिल्ला समितिको तर्फबाट पदाधिकारी सहित स्वबियुको लागि अध्यक्ष प्रबिणा अधिकारी, उपाध्यक्ष सन्तोष नेपाली समानुपातिक तर्फ, सचिव तिरिदेब गुरुङ सहसचिव सन्जय शर्मा समानुपातिक, कोषाध्यक्ष बसन्त भट्टचनलाई अगाडी बढाएको छ । त्यसै गरि जनप्रिय क्याम्पसमा नेविसंघबाट आशिक गुरुङ र अनेरास्ववियुले विनोद भण्डारीलाई अध्यक्षमा अगाडी बढाएको अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतमले जानकारी दिए । शनिवार उमेदेवारी दर्ता गर्ने भए पनि सबै संगठन र सबै क्याम्पसका उमेद्वारहरुको नाम भने आइसकेको छैन ।
श्रेष्ता मिलान सम्बन्धमा

कमेन्टहरु
Loading...