विजुलीको पोल सडकमा, यात्रु जोखिममा, पृथ्वीचोकमा जाम

सागर राज तिमिल्सिना
पोखरा, २ साउन/पोखरामा कुनै ठाउँमा जाम छ भने त्यो ठाउँको नाम सबैको मनमा झट् आउने ठाउँ हो पोखराको पृथ्वीचोक, सभागृहचोक । सबैलाई थाहा भए कै कुरा हो तर पनि यो जामलाई कसरी हटाउने भन्ने विभिन्न योजना त सुनिन्छन् । तर कार्यान्यन भने हुदैन् । पोखराको प्रबेशद्धारमा नै लाइनमा बस्नुपर्दा यात्रुहरु हैरान हुने गरेका छन् ।

पृथ्वीचोकको सडकको बिचमा विजुलीको पोल । तस्विर ः सुर्दशन रञ्जित
पृथ्वीचोकको सडकको बिचमा विजुलीको पोल । तस्विर ः सुर्दशन रञ्जित

यस्तो हैरानी हटाउन आफुहरुलाई सबैले सहयोग गर्नु पर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख विश्वराज अधिकारीले बताए । उनले पोखराको पृथ्वीचोकको आइल्याडलाई सानो बनाउनु पर्ने, पृथ्वीचोकको बिच सडकमा रहेका पोलहरुलाई हटाउनु पर्ने बताए । उनले दिन प्रतिदिन सवारी साधन थपिने भएकाले बेलैमा सवारीलाई जाम हुननदिन काम अगाडी बढाउनु पर्ने बताउ छन् ।

पृथ्वीचोक नजिकैको सडकको बिचमा रहेका विजुलीका पोलका कारण पनि जामले बढेको बताए । उनले त्यसलाई हटाउनका लागि विद्युत प्राधिकरणलाई अनुरोध गरेको बताए । उनले पोलमा सवारी साधन ठोकिने जोखिम पनि बढेको बताए । विच सडकमा तीन चार वटा पोल हुदा जोखिम बढेको उनको भनाई छ ।

नेपाल विद्युत प्राधिकरण पोखराका प्रमुख सुरज गौतमले तत्कालै सार्ने अवस्था नरहेको बताए । उनले नयाँ फिडर जडान गरेर मात्रै पोल सार्न सकिने बताए । नयाँ फिडका लागि टेन्डरको काम भएको उनले बताए । उनले करिब ५ महिना भित्रमा पोल सार्ने योजनामा रहेको जानकारी दिए ।

कमेन्टहरु
Loading...