पोखरा विश्वविद्यालयका करिब पाँच् हजार विद्यार्थी दिक्षीत

पोखरा, ९ फागुन /पोखरा विश्वविद्यालयको १४ औं दिक्षान्त समारोहको अवसरमा सोमबार विभिन्न संकायका करिब पाँच हजार विद्यार्थी दिक्षीत भएका छन् ।

विश्वविद्यालयको १४ औँ दिक्षान्त समारोहमा राष्ट्रपति विद्यादेवि भण्डारी र विश्वद्यिालयका सह कुलपति समेत रहनुभएका शिक्षमन्त्री धनीराम पौडेलले एमफील , स्नातक र स्नाताकोत्तर उतिर्ण विद्यार्थीहरुलाई दिक्षीत गरे । दिक्षान्त समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले विश्वविद्यालय तथा उच्च शैक्षिक प्रतिष्ठानहरुले अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने गरी वैज्ञानिक, व्यवसायिक र रोजगार मूलक शैक्षिक जनशक्ति तयार पार्नुपर्ने बताइन् ।

दिक्षान्त समारोहमा व्यवस्थापन संकायबाट स्नातकोत्तरमा सवैभन्दा वढि अंक ल्याउने सुसिला नेपाल कुलपति पदकबाट सम्मानित भईन । लक्ष्मि विद्या पदकबाट पनि सुसिला नेपालनै विभुषित भईन् । त्यस्तै स्वास्थ्य विज्ञान संकायवाट स्नातकमा उच्च अंक ल्याउने आभाष पुरीले उपकुलपति पदक पाएका छन् । ओसिइम गोल्डमेडल विज्ञान तथा प्रविधी संकायका कृष्ण बस्याललाई प्रदान गरीएको थियो ।

समारोहमा स्नातक तथा स्नातकोत्तरतहका ३ सय ६६ जना विद्यार्थीलाई डिन लिस्टको उपाधिबाट सम्मानित गरिएको थियो । चार वटा आंगिक महाविद्यालय र ५८ वटा सम्वन्धत प्राप्त महाविद्यालय रहेको पोखरा विश्व विद्यालयले विज्ञान तथा प्रविधी , व्यवस्थापन र मानविकी तथा सामाजिकशास्त्र संकाय लगाएतवाट ४७ वटा कार्यक्रमहरु संचालन गर्दै आएको छ । यी सवै कार्य्रममा आङ्कि महाविद्यालयतर्फ करिब २ हजार र संवन्धन प्राप्त महाविद्यालयतर्फ २७ हजारभन्दा वढि विद्यार्थीहरु अध्ययनरत छन् ।

कमेन्टहरु
Loading...