पोखरामा भलले बगाएर एकको मृत्यु एक बेपत्ता

सागर राज तिमिल्सिना
पोखरा, २ असोज /पोखरामा शनिबार साझँ परेको अविरल वर्षाका आएको भलले बगाउदा एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् ।

पोखरा १६ लामाचौरको र्गैराबारीका ५६ वर्षिय कृष्णबहादुर थापा मृत्यु भएको छ । थापालाई भलले बगाएर घाइते भए पछि उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यसै गरि पोखरा १७ विरौटामा भलले बगाएर एक जना वेपत्ता भएको छन् ।

वेपत्ता भएका को हुनन् भने खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ । त्यसै गरि बाढिका कारण पोखरा २६ चंखपुरामा फेसका १३ जनालाई प्रहरीले राती नै सुरक्षीत स्थानमा लगेको छ ।

कमेन्टहरु
Loading...