पोखरामा बोलबममा हजारौं भक्तजन (फोटो फिचर)

पोखरा, ३१ साउन/पोखरामा आयोजित बोलबम जलयात्रा हजारौं भक्तजनको सहभागितासँगै यस वर्ष सकिएको छ । साउन पाँचौ तथा अन्तिम सोमबार भएकोले अघिल्ला सोमबार तुलनामा केदारेश्वर मन्दिरमा भक्तजनको भीड अत्यधिक बढेको थियो । यतिसम्मकि मन्दिर परिसरसहित कोमागाने पार्कमा समेत खुट्टा टेक्ने ठाउँ थिएन ।

शिक्षण संस्था बन्द हुँदा अभिभावक आफ्ना छोराछोरीसहित जलयात्रामा निस्केको देखिन्थ्यो । केटाकेटी, युवायुवती, वृद्धवृद्धा गरी सबैजना भक्तजन बोलबम जलयात्रा, मन्दिरमा पूजाआजा तथा शिवलिंगमा जल चढाउनै व्यस्त देखिन्थे । बिहान ६ बजे पूजाको थालीसहित लाइनमा बसेकी पोखराकी प्रतिमा बरालले पालो कुर्दा मध्यान्हमात्र शिवलिंगमा जल चढाएर बाहिरिएको बताइन् ।

केदारेश्वर महादेवमणि सेवाश्रम समितिले झण्डै डेढ दशकअघि सुरु गरेको बोलबम जलयात्रामा अहिलेसम्मकै ठूलो सहभागिता यस वर्षको साउन अन्तिम सोमबार भएको बोलबम संयोजक शंकर खराल बताउँछन् । गाईघाटमा १०८ धारामा स्नान गरी ८ किलोमिटर पैदलयात्रासहित मन्दिरमा १०८ शिवलिङ्गमा जलार्पण गर्न पाइने केदारेश्वरको आठ संयोगले भक्तजनको आकर्षण बढेको हो । तालको किनार, पारी रानीवन र सुन्दर एवं मनोरम दृश्यले केदारेश्वर बोलबमधामको रुपमा विकसित भएको पाइन्छ ।

यसैबीच, मन्दिर व्यवस्थापनमा सहयोगका लागि पूर्वसभासद् एवं उद्योग व्यवसायी सूर्यबहादुर केसीले सोमबार ८ लाख रुपैयाँ सहयोग गरेका छन् । हजारौं भक्तजनमाझ उनले मन्दिरका पीडाधीश डा आचार्यलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । उता, सामाजिक जागरणका लागि नारी अभियानले पनि साउनका पाँचै सोमबार मन्दिर परिसरमा मागेर गुजारा चलाउनेलाई खाना खुवाएको संयोजक सुष्मा पौडेलले बताइन् । तस्विर ः सञ्जय शाक्य bolbom pokhara (3)

????????????????????????????????????
????????????????????????????????????

bolbom pokhara (5) bolbom pokhara (6) bolbom pokhara (1)

????????????????????????????????????

कमेन्टहरु
Loading...