पोखरामा भिनाजुले बालिकाको बलत्कार पछि हत्या

सागर राज तिमिल्सिना
पोखरा, २७ असोज /कास्कीको ढिकुरपोखरी गाविस १ बस्तेकोस्वारामा १० वर्षिय बालिकाको हत्या उनकै भिनाजुले गरेको रहस्य खुलेको छ ।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार बालिका कै भिनाजुले बलत्कार पछि हत्या गरेको अनुसन्धानले देखाएको जानकारी दिएको छ । १० वर्षकी कन्चन विकाको आइतबार घर नजिकै मृत अवस्थामा भेटिएकी थिइन् ।

राजकुमार विककी छोरी कन्चन शनिबार दिनको करिव ४ बजेतिर घरबाट हराएकी कि थिइन् । उनको सव आइतबार बिहान घर भन्दा माथिल्लो खेतमा मृत अवस्थामा भेटिएको थियो । प्रहरी अनुसन्धानले विकको बलत्कार पछि हत्या भएको र उनकै भिनाजुले हत्या गरेको देखिएको छ । विकका भिनाजुलाई प्रहरीले प्रक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

कास्कीका प्रहरी प्रमुख घनश्याम अर्यालले बालिकाको हत्या गर्नेलाई प्रक्राउ गरि सकेको र थप अनुसन्धान भईरहेको बताए । उनले बलत्कार पछि हत्या हो वा हत्या मात्रै हो भन्ने विषयमा पोष्टमार्टको रिपोट आए पछि थाहा हुने बताए ।

पोखरामा १० वर्षिय बालिकाको बलत्कार पछि हत्या
सव भेटिएको ठाउँमा प्रहरी तथा स्थानीय बासिन्दा । तस्विर ः टंक अधिकारी
कमेन्टहरु
Loading...