पोखरामा वर्ड फ्यु देखियो, कुखुरा र हासँ मरे

सागर राज तिमिल्सिना
पोखरा, १४ फागुन/पोखरामा वर्ड फ्यु देखिएको छ । पोखरा १८ खाल्टे मसिनामा h5n1 बर्डफ्युको देखा परेको जिल्ला पशुकार्यालयले जानकारी दिएको छ । पोखरा १८ खाल्टेमसिनाकी मिना परियारले पारेलका हाँसमा वर्डफ्यु देखा परेको जिल्ला पशु कार्यालयका पशु चिकित्सक केदार राज पाण्डेले जानकारी दिए ।

फागुन ६ गते एउटा हासँ मरे पछि परिक्षणका लागि पोखराको ल्याबमा ल्याएको थियो । पोखरामा परिक्षण गर्दा पोजेटिभ देखि पछि थप परिक्षणका लागि काठमाडौको ल्याबमा पठाउदा बडेफ्यु भएको पुष्टी भएको उनले बताए । अहिले सम्म मिनाका २० वटा हाँस मध्ये १७ वटा हासँ र ११ वटा कुखुरा मरि सेकेका छन् ।

उनले त्यस वरपर रहेका करिब २ सय कुखुरा र हासँ रहेको बताए । उनले तीन वटा कुखुरा फर्म भए पनि कुखुरा फर्ममा कुखुरा नभएको बताए । उनले पोखरामा केहि महिना देखि पोजेटिभ रिपोर्ट आए पनि वर्डफ्यु भने बल्ल पुष्टी भएको बताए । उनले ५ वटा टिम बनाएर त्यस वरपर उपचार गर्ने बताए । त्यस क्षेत्रमा ४२ दिन सम्म पक्षि औसार पोसारमा रोक लगाउने बताए ।

कमेन्टहरु
Loading...