पोखरामा बर्डफ्लु भेटियो, खाल्टेमसिना निषेधीत क्षेत्र घोषणा

पोखरा, १४ फागुन /पोखरामा वर्ड फ्लू भेटिएको छ । पोखरा १८ खाल्टेमसिना मसिना स्थित मीना परियारको घरमा पालेको हाँसमा वर्ड फ्लू भेटिएको जिल्ला पशु सेवा कार्यालय कास्कीले सार्वजनिक गरेको हो । वर्ड फ्लू भेटिएपछि बर्ड फ्लू नियन्त्रण प्राबिधिक समिति बैठक बसेर त्यस क्षेत्रलाई संक्रमणको क्षेत्र घोषणा गरिएको छ ।

परियारको घरमा पालिएको २० हास मध्ये गत फागुन ६ गते एउटा हास मरेपछि परिक्षणका लागि पठाइएकोमा वर्ड फ्लूको जिवाणु देखिएको बरिष्ठ पशु चिकित्सक डा केदारराज पाण्डेले जानकारी दिए । वर्ड फ्लू का कारण उनको घरमा रहेका २० मध्ये १७ हास मरिसकेका छन् भने ११ लोकल कुखुरा पनि मरिसकेका छन् ।

त्यस क्षेत्रमा झण्डै एक सय लोकल कुखुरा र दुई सय हास रहेको अनुमान गरिएको छ । एक हजार क्षमताको एउटा र पाँच÷पाँच सय क्षमताको २ वटा ब्वसायीक फर्म रहेपनि खाली छन् । वर्ड फ्लू देखिएपछि प्रभावित क्षेत्रमा चार किल्ला तोकेर पशु र पशुजन्य बस्तु आयात निर्यातमा रोक लगाएको छ ।

कमेन्टहरु
Loading...