पृथ्वी नारायण क्याम्पसमा विद्यार्थीको आन्दोलन

पोखरा, ८ असोज / पृथ्वीनारायण क्याम्पस पोखरामा स्नातकोत्तरमा पढ्दै गरेका बिद्यार्थीहरु आन्दोलित भएका

छन् । क्याम्पसमा सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा अत्यधिक शुल्क लिएको भन्दै शुक्रबार

विद्यार्थीहरुले क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाए । तर क्याम्पस प्रशासनले वेवास्ता गरेको भन्दै सोमबार

क्याम्पसमै नाराबाजी समेत गरेका छन् ।

उनीहरुले क्याम्पस प्रमुख प्रा.डा. चन्द्रबहादुर थापाको कार्यकक्षमा कालो झण्डा बाँधेर विरोध जनाएका थिए भने

क्याम्पसमा सबै संकायका शुल्क टाँसिएको बोर्डमा कालो झण्डा राखी, क्याम्पस प्रशासनको मुल गेटमा करिब

आधा घन्टामा धर्ना बसेका थिए । आन्दोलनको नेतृत्व गरेका सुवास पौडेलले स्वतन्त्र विद्यार्थीहरुको आन्दोलनमा

कुनै राजनैतिक बिषय नबनाउन आग्रह गरेका छन् । तत्काल माग सम्बोधन नभए पठनपाठ नै ठप्प हुनेगरी

आन्दोलन चर्काउने उनीहरुको चेतावनी छ ।

कमेन्टहरु
Loading...