त्रिवि प्राध्यापक संघमा ३३ बर्ष पछि प्रगतिशिल समुहको बर्चश्व

पोखरा, २३ मंसिर /त्रिभुवन विश्व विद्यालय प्राध्यापक संघ, पृथ्वीनारायण क्याम्पस समितिको निर्वाचनमा ३३ वर्ष पछि प्रगतिशिल पक्षले विजयी भएको छ । प्रगतिशिल पक्ष २०४२ साल पछि प्राध्यापक संघमा विजयी भएको हो ।

शुक्रबार भएको समानुपातीक पद्धतिको निर्वाचनमा अत्यधिक प्रगतिशिल पक्षका प्राध्यापकहरुले ६ सिटमा विजयी भएको प्रगतिशिल प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस कमिटीका सदस्य तथा उपप्राध्यापक विष्णुप्रसाद भण्डारीले बताए । समानुपातिक निर्वाचन पद्धती अनुसार भएको चुनावमा प्रजातान्त्रिक पक्षका प्राध्यापक ५ स्थानमा विजयी भएको छन् ।

प्रगतिशिलको तर्फबाट सह प्राध्यापकथानेश्वर सुवेदी, यादव राज उपाध्याय, हरिबहादुर भण्डारी, शकुन्तला पंगेनी, विजय अर्याल र पवित्रराज बराल निर्वाचित भएका छन् । त्यसै गरि प्रजातान्त्रिकको तर्फबाट प्राडा अक्कलदेव मिश्र, अमिन पालिखे, खड्ग बहादुर केसी, दिपेन्द्रराज रेग्मी र शैलेन्द्र कुमार मल्लिक विजयी भएका छन् ।

प्राध्यापक संघको सभापति, उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्ष निर्वाचित सदस्यहरुमध्यको बहुमतबाट चयन गरिने भएकाले सम्पुर्ण पदाधिकारी प्रगतिशिल समुहबाट आउने निश्चितभएको उपप्राध्यापक भण्डारीले बताए ।

पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन, कर्मचारीहरुको चुनावमा वाम तथा प्रगतिशिल पक्षको वर्चश्व रहे पनि प्राध्यापक संघमा २०४२ साल यता प्रजातान्त्रिक पक्षले जित्दै आएको थियो ।

यस पटकको निर्वाचनमा नेपाल प्रगतिशिल प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र अन्य वाम घटकहरुले एक भएर चुनाव लडेको सयुक्त निर्वाचन परिचालन समितिका संयोजक डा टंकराज अधिकारीले जानकारी दिए ।

कार्यक्रममा प्रगतिशिल प्राध्यापकहरुको तर्फवाट त्रिभूवन विश्व विद्यालय प्राध्यापक संघका केन्द्रीय सदस्य कालिदाश शर्मा, पुर्वक्याम्पस प्रमुख प्रा.डा. पशुपतिनाथ शर्मा तिमिल्सिना, प्रगतिशिल प्राध्यापक सगठनका केन्द्रीय उपाध्यक्ष शेखरनाथ अधिकारी, केन्द्रिय सदस्यहरु डा गिरधारी सुवेदी, लालबहादुर कुँवर सयुक्त निर्वाचन परिचालन कमिटीका संयोजक डा अधिकारी लगायतका वक्ताले प्राज्ञिक तथा पेशागत हकहितमा काम गर्न सुझाव दिए ।

त्यसैगरी त्रि.बि. प्राध्यापक संघ केन्द्रिय कोषाध्यक्ष ईन्द्र शर्मा, प्रजातान्त्रीक प्राध्यापक संघका केन्द्रिय उपाध्यक्ष कमलराज सापकोटा, प्रजातान्त्रीक प्राध्यापक संघका ईकाइ अध्यक्ष दिपेन्द्र पराजुली निवर्तमान अध्यक्ष प्रा.डा.बेदनाथशर्मा र निर्वाचन मण्डलका संयोजक प्रा.डा. बिष्णुप्रसाद पौडेल, सदस्य प्रा.डा. ज्ञान बहादुर कार्की र सदस्य नवराज बाँस्तोला लगाएतले शुभकामना राखेका थिए ।

कमेन्टहरु
Loading...