आठ महिना देखि सञ्चार बिहिन माछापुच्छ्रे गाविसका रुम्जा बासी

हेमजा, १४ साउन/कास्कीको माछापुच्छ्रे गाविस वडा नं ८ रुम्जामा मोवाइल नेटवर्क अवरुद्द हुदा सेवा ग्राहीले दुःख पाएका छन् । विगत ८ महिना देखि दुरसञ्चार सेवा अवरुद्द भएको स्थानीयले बताए ।

नेपाल टेलिकमले माछापुच्छ्रे गाविसको वडा नं ४ स्थित शरिपाखामा रहेको टावर बाट नेटवर्क सेवा लिइरहेका स्थानीयहरु विगत ८ महिना देखि सेवा अवरुद्द भएपछि सञ्चार विहीन बन्न पुगेका छन् । रुम्जा बासी रेम बहादुर पुन मगरले भन्नुभयो – त्यसैले प्रसारण गरेका सुचना तथा सञ्चारबाट सूसूचित हुन पाएका छौँ, न त अन्य कुनै सञ्चारका साधनको पहुँच छ यहाँ न त कुनै पत्र पत्रिका नै आँउछन् , रेडियो हुन्थेन भने हामी पूर्ण रुपमा नै सञ्चार विहीन हुन्थ्यौ।

स्थानीयहरुले नेपाल टेलिकमको पोखरा कार्यालयमा पटक पटक जानकारी दिलाउँदा र डेलिगेशन धाँउदा समेत नेपाल टेलिकमले समस्या समाधान तर्फ नलागेको र आफना गुनासो सुनुवाई नगरेको स्थानीयहरुले बताएका छन् ।

कमेन्टहरु
Loading...