सांसद गुरुङ २ छात्रछात्राको संरक्षक

पोखरा, ८ वैशाख/सांसद मीना गुरुङ २ जना छात्रछात्राको संरक्षक बनेकी छन् । नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) की उपाध्यक्ष एवं केन्द्रीय महिला कमिटी अध्यक्ष समेत रहेकी सांसद गुरुङले शनिबार दुई श्रमिक परिवारका छोराछोरीमध्ये एक जना छात्र र एक जना छात्राको संरक्षक बन्दै माध्यमिक तहसम्मको शिक्षा प्रदान गर्ने घोषणा गरेकी हुन् ।

जसमा कास्कीको माछापुच्छे« ६, धिताल घर भई हाल राष्ट्रिय माविबाट कक्षा ८ उत्तीर्ण केशवराज गौतम हुन् । उनका बुवा नन्दलाल गौतम मजदूरी गर्छन् । नन्दलाल र भगवतीका ५ सन्तानमध्ये छोरा केशवराज र ४ छोरी छन् ।

यस्तै, पोखरा ६, बंगलादी घर भइ हाल तालबाराही माविबाट कक्षा ७ उत्तीर्ण पवित्रा दाहालको पनि सांसद गुरुङ संरक्षक बनेकी हुन् । जयराम र रामदेवी दाहालका ३ छोरी र १ छोरामध्ये पवित्रा माहिली हुन् ।

कार्यक्रममा सांसद गुरुङले सानैदेखि आफ्नो स्वभाव अरुलाई सहयोग गर्ने रहेको सम्झदै यसरी दुई जनाको भविष्य उज्ज्वल बनाउन आफूले सहयोग गरेको बताइन् । उनले धन भएरमात्र नहुने, सहयोगको ईच्छाशक्ति र चाहना पनि हुनुपर्ने बताउँदै सरकारको भर्ना अभियान आउनुअघि नै आफ्नो यसखालको योजना रहेको बताइन् ।

कार्यक्रम संचालन गर्दै जिफन्ट प्रदेश ४ अध्यक्ष रुद्र खत्रीले सांसद गुरुङको सह्राहनीय कार्यको प्रशंसा गरे । नेपाल राष्ट्रिय राष्ट्रिय सौन्दर्यकर्मी युनियनकी संस्थापक अध्यक्ष एवं हङकङ व्युटी इन्स्टिच्युटकी संचालक समेत रहेकी सांसद गुरुङले संचारकर्मीको समेत परिचय बनाएकी छन् ।

कमेन्टहरु
Loading...