ढिकुरपोखरी शैक्षिक एंव धार्मिक महोत्सव सुरु, पहिलो दिनका ४३ लाख संकलन

पोखरा, ५ माघ /कास्कीको ढिकुरपोखरी–४ स्थित माछापुच्छ«े मावि÷शिक्षा क्याम्पसमा आयोजित ढिकुरपोखरी शैक्षिक एंव धार्मिक महोत्सव बुधबार देखी सुरु भएको छ । महोत्सवको व्यवस्थापिका संसदकी माननिय सांसद सीता गिरी ओलीले उद्धघाटन गरिन् । महोत्सवको उद्धघाटन गर्दै उनले ४१ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोगको घोषणा गरिन् ।

उनले ढिकुरपोखरीको शैक्षिक विकासमा सामुदायीक एकतालाई निरन्तरता दिन अपिल समेत गरिन् । क्षेत्रिय प्रशासक खगराज बरालले यसक्षेत्रको शैक्षिक विकास र उन्नयनका खातिर हरतरहको सहयोगका लागी तयार रहेको बताए । यस्तै लोकसेवा आयोगका क्षेत्रिय निर्देशक विनोद कुवंरले ढिकुरपोखरीमा कृषी प्राविधिक शिक्षालयको स्थपना गरि व्यावहरीक शिक्षा प्रदान गर्ने कार्यमा विश्वस्त रहेको उल्लेख गरे । मधुर वाणीकी धनी मीरादेवीले मानव हुनुको औचित्य पुष्टि हुने गरि अथैपुर्ण मानविय जिवन जिउनु पर्नेमा जोड दिए ।

महोत्सव उद्धघाटनको अवसरमा बोल्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा लगायतका जिल्ला स्थित नेताहरुले विकासमा राजनीति नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उक्त अवसरमा क्याम्पसका संस्थापक अनन्तनाथ शर्मा, वरिष्ठ उपाध्यक्षहरु केदारनाथ उपाध्याय, गोविन्द उपाध्याय, ढिकुरपोखरी श्रोतकेन्द्रका श्रोत व्यक्ति घनश्याम पौडेल, महिलाहरुको नेतृत्व गर्दै गायत्री पराजुली, दलित समुदायको तर्फबाट अशोक विक, वडा नागरीक मंचको तर्फबाट दुर्गा प्रसाद पौडेल लगायतले शुभकामना दिएका थिए ।

प्रविधिक शिक्षा सहित दर्जनौ फिडर स्कुलहरुको गुणस्तर अभिबुद्धी गरी समग्र ढिकुरपोखरी गाविसलाई शैक्षिक केन्द्रको रुपमा बिकास गर्ने उद्देश्यले आयोजित महोत्सवमा बुधबार पहिलो दिन झण्डै ४४ लाख रुपैया संकलन भएको महासचिव यादवराज अधिकारीले जानकारी दिए । महोत्सवको उद्धघाटन पुर्व पुर्वबाट सिम्पाली र पश्चिमको काँडेदेखी महोत्सव स्थलसम्म कलसयात्रा गरिएको थियो ।

महोत्सव मार्फत ढिकुरपोखरीको शैक्षिक विकासमा राजनीतिक प्रतिवद्धता, अभिभावकहरुको चासो अभिवृृद्धि, शिक्षकहरुको जवाफदेहीता, विद्यार्थीहरुको लगनशिलता र सामुदायीक एकता अभिवृद्धिमा आमुल परिवर्तनको अपेक्षा गरिएको महोत्सव मुल ब्यवस्थापन समितिका अध्यक्ष पुण्य प्रसाद पौडेलले जानकारी दिनुभयो । महोत्सवमा अन्तर्राष्ट्रिय कथावाचक गोविन्दशरण महाराज र मधुर वाणीकी धनी मीरादेवीले श्रीमद् भागवत कथा वाचन गर्नु हुनेछ । यसैविच उक्त अवसरमा टेकनारायण चापाँगाईको शब्द, संगीत र गायिका सरिता अधिकारीको स्वरमा रहेको मेरो प्यारो ढिकुरपोखरी नामक गितको समेत विमोचन गरिएको छ ।

कमेन्टहरु
Loading...