लक्ष्मी आवासिय माबिको ३१ औ वार्षिक उत्सव सम्पन्न

पोखरा , १३ फागुन ।पोखराको न्युरोडमा रहेको लक्ष्मी आवासिय माबिको ३१ औ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । बिहिबर बिद्यालय प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी स्कुलले ३१ औ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो । कार्यक्रमको उद्घ्घाटन गर्दै प्रमुख अतिथी पोखरा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष राजेन्द्र कुमार लालचनले आजका बिद्यार्थीहरु भबिष्यका कर्णधार भएको भन्दै उनिहरुको सर्वाङिण बिकाशमा ध्यान दिनुपर्ने बताका छन् ।

बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष बसन्त कुमार प्रधानले आफ्नो बिद्यालयले भबिश्यमा अझै गुणस्तरिय शिक्षा प्रदान गर्दै जाने प्रतिबद्दता ब्यक्त गरे । बिद्यालयका प्राचार्य लिलावती प्रधानले बिद्यालय, अभिभावक शिक्षक र बिध्यार्थीहरुको सहकार्यले मात्रै गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने भन्दै सबैको सहयोग अनिवार्य रहेको बताईन् ।बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष बसन्त कुमार प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १० + २ का संयोजक मित्रलाल पौडेल, बिद्यालयका प्रसासक नवराज अधिकारी, शिक्षक दिपक पोखरेल, अभिभावक जेरम नेपाली, बिद्यार्थीहरु सन्ध्या गुरुङ, अस्मी गुरुङ, अस्मिता थापा, मेघा नेपाली, रिसिका नेपाली, स्मृति पौडेल लगायतले बोलेका थिए ।

कार्यक्रमको संञ्चालन बिद्यालयका माबी डिन रामजी प्रसाद देबकोटाले गरेका थिए । कार्यक्रममा शैक्षिक सत्र २०७२ सालमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गर्न सफल बिद्यार्थीलाई पुरस्कृत गरिएको थियो । साथै बिद्यालय बाहिरका बिभिन्न प्रतियोगितामा उत्कृष्ट हुन सफल बिद्यार्थीलाई पनि सम्मान गरिएको बिद्यालयका प्रसासक नवराज अधिकारीले जानकारी दिए ।उक्त अवसरमा बिद्यार्थीहरुले मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

कमेन्टहरु
Loading...