कास्कीका कुमार खड्का मन्त्री बन्ने

काठमाण्डौ, ५ माघ /प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । उनले साना एक सिटे दलबाट दुई मन्त्री नियुक्त गर्न लागेका हुन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार समाजवादी पार्टीका सांसद प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्का मन्त्री बन्ने छन् । सिंहलाई खानेपानी तथा सरसफाइ र खड्कालाई महिला बालबालिका तथा समाज कल्याण मन्त्री नियुक्त गरिनेछ ।

प्रचण्ड सरकार ४१ सदस्यीय छ । प्रचण्ड सरकारका २ उपप्रधानमन्त्री छन् भने २४ मन्त्री र १४ राज्यमन्त्री छन् । यो विस्तारसँगै मन्त्रिपरिषद् ४३ सदस्यीय हुनेछ ।

कमेन्टहरु
Loading...