पत्रकार खेम सारुलाई मीना सृजनशिल पुरस्कार

पोखरा, ९ असोज / मीना सृजनशिल समावेशी पत्रकारीता पुरस्कार २०७५ वाट पत्रकार खेम सारुमगर पुरस्कृत

हुने भएका छन्। गण्डकी प्रदेशका सांसद तथा समाजसेवी मीना गुरुङवाट स्थापित तथा नेपाल पत्रकार महासंघ

कास्की शाखावाट संचालित उक्त पुरस्कार सारुलाई प्रदान गर्न छनौट समितिले गरेको सिफारिसलाई

महासंघको वैठकले अनुमोदन गरेको हो ।

पुरस्कारको राशी नगद २० हजार १,दोसल्ला तथा सम्मानपत्र रहेको छ । छनौट समितिमा पत्रकार नारायण

कार्की, दुर्गा भण्डारी, सरिता तिमिल्सिना, तथा महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सिना

पदेन सदस्य थिए ।

यही असोज १२ गते शुक्रवार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको प्रमुख

आतिथ्यतामा हुने समारोहमा सारुलाई पुरस्कार अर्पण गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

सारु २०५१ सालदेखी निरन्तर रेडियो नेपालमा कार्यरत छन् । उनले केही समय पोखरा हटलाईन दैनिकमा पनि

काम गरे । पत्रकारहरु दुर्गा भण्डारी, शान्ति गुरुङ, दीपक परियार र सरिता तिमिल्सिना पुरस्कारबाट यसअघि

पुरस्कृत भईसकेका छन् ।

कमेन्टहरु
Loading...