पत्रकार महासंघ प्रदेश ४ को अध्यक्षमा पौडेल (समितिमा को को सहित )

पोखरा, ९ वैशाख /नेपाल पत्रकार महासंघ प्रदेश ४ को अध्यक्षमा त्रिभुवन पौडेल निर्विरोध निर्वाचित भएका छन् । आईतबार मनोनयन समयमा कार्यसमितिका लागि आवश्यक मात्रै उम्मेदवारी परेपछि पूर्ण कार्यसमिति निर्विरोध भएको हो । यद्यपी सोमबारसम्म दावी विरोध गर्ने समय छ । महासंघ प्रदेशमा २१ सदस्यीय कार्यसमिति बनाउनुपर्ने प्रावधान छ ।

समितिको बरिष्ठ उपाध्यक्षमा नारायण शर्मा, महिला उपाध्यक्षमा शान्ति गुरुङ, महासचिव गणेश पौडेल, सचिव खुला ईन्द्र पौडेल, समावेशी सचिव रुद्र श्रीस मगर, कोषाध्यक्ष दिपक भट्टराई चयन भए । सदस्यहरुमा खुलातर्फ खेमबहादुर सारु मगर, गोविन्द प्रसाद सुवेदी, बसन्तराज अधिकारी, राजेन्द्र न्यौपाने, रामजीप्रसाद लम्साल, सन्तोष गौतम र शुशिलबाबु श्रेष्ठ ९कैलाश० छन् ।

महिला सदस्यमा अञ्जना तिमिल्सीना, कमला केसी र रविना ढकाल, दलित सदस्य राजेश सोनाम, आदिबासी जनजाति सदस्यमा शिला गुरुङ र संगम घर्तिमगर तथा अल्पसंख्यक सदस्य शेष मोहम्मद हनिफ छन् । मधेशी २ सदस्यको कोटामा कुनैपनि उम्मेदवारी नपरेपछि खुला सदस्य थप गरिएको मुख्य निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले जानकारी दिए ।

पत्रकार महासंघको प्रदेश कमिटिमा नेपाल प्रेस युनिय, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर निर्विरोध समिति बनाएको हो । तर तीन पार्टीका संगठनले सिण्डिकेट चलाएको भन्दै प्रेस सोसाईटी, क्रान्तिकारी पत्रकार संगठन, मिडिया नेपाल, स्वतन्त्र पत्रकार संघ लगायतले विरोध गरेका थिए । स्वतन्त्र पत्रकार संघले एक सदस्यमा मात्रै उम्मेदवारी दिएको थियो । चुनाव नगर्ने सहमति अनुसार प्रेस सेन्टर आफ्नो भागमा परेको एक सदस्य फिर्ता लिएर सर्वसम्मत गराईएको हो ।

कमेन्टहरु
Loading...