एक्सपर्ट एजुकेसनद्धारा महासंघलाई कुर्सि सहयोग

पोखरा २६, कात्तिक/ नेपाल पत्रकार महासंघ कास्की शाखालाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसले कुर्सि सहयोग गरेको छ । सोमबार महासंघमा आयोजित एक समारोहका बिच एक्सपर्टका पोखराका निर्देशक रमेश कुमार थापाले महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई ६० थान कुर्सि सहयोग हस्तान्तरण गरेका छन।

एक्सपर्टले करिब एक लाख २० हजार मुल्य बराबरको कुर्सि हस्तान्तरण गरेको हो । प्रति कुर्सि करिब दुई हजार मुल्य पर्छ । कुर्सि हस्तान्तरण कार्यक्रममा निर्देशक थापाले आफुहरुले सामाजिक उत्तरदाहित्व अन्र्तगत पत्रकार महासंघलाई सानो सहयोग गर्न पाएकोमा खुसि व्यक्त गरे ।

उक्त सहयोगले पत्रकारको भौतिक संरचनमा थप टेवा पुगेको महासंघ कास्की शाखाका अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गरे । महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी, सचिव रामप्रसद तिमिल्सिनाले विभिन्न सहयोगी हातबाटै महासंघ अघि बढेको बताए ।

महासंघ कास्की शाखाको आउदो मंसिर ७ गते साधारण सभा हुने भएको छ । कास्की शाखामा दुई तले पक्की भवन, २ सय र ५० सिट क्षेमताका दुई वटा सभाहल रहेकाछन। महासंघ कास्की शाखामा ३ सय २९ जना सदस्य रहेकाछन।

कमेन्टहरु
Loading...