सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्कीद्वारा गौतमको स्वागत

पोखरा, ११ फागुन /सामुदायिक सेवा एवं सामुदायिक प्रहरी प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की एबं कास्की जिल्लामा क्रियाशिल सामुदायिक सेवा केन्द्रहरु पृथ्वीचोक,बैदाम,बगर,माटेपानी, र कालिकाद्वारा अंचल प्रहरी कार्यालय गण्डकीमा सरुवा भई आउनु भएका प्रहरी वरिष्ठ उपरीक्षक बिष्णुहरि गौमतलाई स्वागत सहित मासिक समिक्षा गरेको छ ।

अध्यक्ष बिष्णु बहादुर भट्टराईको सभापतित्वमा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति तथा कास्की जिल्लामा क्रियाशिल सामुदायिक सेवा केन्द्रहरु पृथ्वीचोक, बैदाम, बगर, माटेपानी, लेखनाथ र कालिकाका कार्यसमिति एवं प्रहरी कर्मचारीहरु लगायतको गौतमलाई स्वागत गरेका थिए ।

अंचल प्रहरी कार्यालय गण्डकीका प्रहरी वरिष्ठ उपरीक्षक बिष्णुहरि गौतमले राज्यले अपराध अनुसन्धान नियन्त्रण तथा रोकथाम, नागरिकको जिउधनको शान्ति सुरक्षाको अभिभारा नेपाल प्रहरी संगठनलाई सुम्पेको भएता पनि नागरिकको सहयोग बिना नेपाल प्रहरी एक्लैले जिम्मेवारी पुरा गर्न कठिन हुने बताए ।

प्रथम उपाध्यक्ष राजेश भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रममा सामुदायीक पुस र माघ महिनामा भएका कार्यक्रम तथा क्रियाकलापहरुको मासिक समिक्षा गरेका थिए ।

 

कमेन्टहरु
Loading...