दृष्टिविहीन कान्छीमाया गुरुङलाई लमजुङ सेवा समिति हङकङको सहयोग

पोखरा, २ कात्तिक/लमजुङ सेवा समिति हङकङले लमजुङ जिल्ला क्होलासोंथर गाँउपालिका वडा नं. ८, घाम्राङ घिचे निवासी दृष्टिविहीन ५ वर्षिया कान्छीमाया गुरुङलाई २ लाख १७० रुपैया सहयोग गरेको छ ।

पोखरा १२ माटेपानीस्थित हिमाली साँस्कृतिक परिवारले बुधवार सहारा क्लव हङकङका सचिव समेत रहनु भएका लमजुङ सेवा समिति हङकङका अध्यक्ष सरोज(खम) गुरुङ र तमु समाज बेल्जियमका सल्लाहकार केसबहादुर गुरुङको स्वागतमा आयोजना गरिएको कार्यक्रममा चन्द्रबहादुर गुरुङको कान्छी छोरी कन्यामाया गुरुङलाई हङकङ अध्यक्ष खम गुरुङलाई उक्त रकम सहयोग गर्नुभएको हो । यसरी नै केसबहादुर गुरुङले १० हजार सहयोग प्रदान गर्नुभएको थियो ।

क्होला सोथर गाँउपालिका वडा नं. ८ घाम्राङ घिचे निवासी, चन्द्रबहादुर गुरुङको कान्छी छोरी कन्यामाया गुरुङलाई दुई वर्षको उमेरदेखि दृष्टि विहिन अपाङ भएको र आर्थिक अवस्था कमजोरका कारण उपचार गर्न नसकिएको र विगत केही समयदेखि विभिन्न संघ संस्थाको सहयोगमा न्युरो अस्पताल काठमाडौंमा टाउकोको सल्यक्रिया गर्ने क्रममा उक्त सहयोग गरिएको हो ।

कार्यक्रममा लमजुङ सेवा समिति हङकङका अध्यक्ष सरोज(खम) गुरुङ उपचार सहयोग रकम हस्तान्तरण गर्नुहुदै लमजुङबासीको समस्याहरुमा साथ दिनका लागि आफुहरुले करोड अक्षयकोष स्थापना गरेको बताउनुभयो । विदेशको व्यस्त दैनिकीसँगै भुकम्प पीडितलाइृ १० लाख भन्दा बढी सहयोग गरेको, लमजुङ बेसीसहरमा फुटवल मैदान बनाउन पहल भईरहेको जानकारी दिनुभयो । हिमाली गुरुङ परिवारमा गुरुङ युथ फोरमको अध्यक्ष भई शुरु गरेको रक्तदान कार्यक्रमले निरन्तरता पाइरहदा खुशी लागेको बताउनुहुदै दुख सुखमा सबै लमजुङेहरु एकतावद्ध हुन आग्रह गर्नुभयो ।

तमु समाज बेल्जियमका सल्लाहकार केसबहादुर गुरुङले विदेशमा रहेर पनि आफुहरु सामाजिक सेवा गरिरहेको बताउनुहुदै तमु समाज बेल्जियमले भुकम्प पीडितका लागि तमु धिं नेपाल, प्रधानमन्त्री राहतकोष र गैरआवासीय नेपाल संघ संस्थालाई ३२ लाख रुपैया प्रदान गरेको बताउनुभयो । वडा अध्यक्ष राजु गुरुङले दृष्टि विहिन कन्यामाया गुरुङको उपचारका लागि देश विदेशबाट सहयोग गर्नुभएका सहयोगीहरुलाई धन्यवाद दिनुहुदै गाँउको विकास, सुखदुखमा सबैको एकता र साथको आवाश्यकता रहेको बताउनुभयो ।

उक्त कार्यक्रममा दृष्टिविहीन कन्यामाया गुरुङको उपचारका लागि विशेष सहयोग उपलब्ध गराउनुभएको भन्दै क्होला सोंथर गाउपालिका वडा नं. ८ वडा कार्यलयले लमजुङ सेवा समिति हङकङका अध्यक्ष खम गुरुङलाई प्रमाणपत्रबाट सम्मान गरिएको थियो । हिमाली गुरुङ परिवारका अध्यक्ष सुवेदार कृष्णबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन युवा समिति संयोजक विजुली बहादुर गुरुङले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...