पोखराका खोलाबाट अवैध रुपमा बालुवा झिक्न संलग्न स्क्याभेटर र ट्याक्टर पक्राउ

पोखरा, १० जेठ /प्रहरीले पोखराका दुई ठाउँमा अवैध रुपमा बालुवा चोरी गर्दै गरेकोअ अवस्थामा १ स्क्याभेटर र २ वटा ट्याक्टर सहित चालकलाई पक्राउ गरेको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३२ स्थित खुदी खोलाबाट ग१त ३५०३ र ग१त ३५०७ नम्बरका २ वटा ट्याक्टरहरुलाई अवैध रुपमा ट्याक्टमा लोड गरेको बालुवा सहित नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको प्रहरी टोलीले दुबै ट्याक्टर र चालकलाई पक्राउ गरेको हो ।

त्यसै गरी पोखरा लेखनाथ महानगरपालिका १३ काहुँखोलामा अवैध रुपमा बालुवा उत्खनन तथा ओसार पसार गरेको आरोपमा ग१त ३६३८ नम्बरको ट्याक्टर र एउट स्काभेटरलाई सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । आबश्यक कारवाहीको लागि जिल्ला समन्बय समिति कास्कीमा प्रहरीले बुझाएको जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...