सृजनात्मक र समाजिक उत्तरदायित्वपूर्ण शिक्षा ः अन्तराष्ट्रिय सम्मेलनको निष्कर्ष

पोखरा, १७ फागुन/समाज , ब्यपार र सुशासनलाई कसरी ब्यबस्थपनमा जोडेर राष्ट्र बिकासमा प्रयोग गर्न सकिन्छ भन्ने बिषयको पोखरा विश्वबिधालयले आयोजना गरेको अन्तराष्ट्रिय सम्मेलनको मंगलबार पोखरामा समापन भएको छ । तीन दिनसम्म चलेको उक्त सम्मेलन भारत, कोरिया , जापान , दक्षिण अफ्रिका , नेदरल्याण्ड र नेपालका बिभिन्न बिश्वबिधालयका प्राध्यापक तथा बिधार्थीहरुले ७२ वटा कार्यपत्र प्रस्तुत गरेका थिए ।

३०७ सहभागी रहेको सम्मेलनको समापन समारोहमा आफ्नो धारणा राख्दै प्रमुख दक्षिण कोरियन प्रध्यापक योङ इन किमले अविस्कारमा आधारित ब्यवहरिक शिक्षाको परिणाम स्वरुप आफ्नो देश गुणात्मक आर्थिक प्रगति तर्फ निरन्तर लम्केको धारणा ब्यक्त राख्नु भएको थियो । उहाँले अध्ययनहरु शैदान्तिक नभएर प्रबिधिक बिकास गर्न सक्ने ढाचाँको हुनुपर्ने बताउनुभयो । बिदेशका धेरै बिश्वबिधालयमा प्राध्यापनको अनुभव संगालेका अर्को बक्ता प्रा.डा. इन्द« तिवारीले अन्तराष्ट्रिय गैह्सरकारी संस्था मार्फत कोष परिचालित हुदाँ संस्थाको समाजिक उतरदायित्वमा त्यति ख्याल नपुराएको बताउनुभयो ।

उक्त समापन समारोहमा धारणा राख्दै प्राध्यापकहरु नवल किशोर, हनुमान प्रसाद, राधेश्याम प्रधान, कुन्दन दत्त कोइराला , बलराम भट्टराई तथा निराजन बमले यस सम्मेलनले ब्यबसायलाई समाजमा जोडदै समाजिक उतरदायित्व पुरा गर्ने रुपरेखा कोरेको बताए । पोखरा बिश्वबिधालयका डिन डा. कर्ण वीर पौडय्लको सभापतित्वमा कार्यक्रमका संयोजक डा. दिपक भण्डारीले धन्यवाद ज्ञापन गरे । कार्यक्रम संचालन प्रध्यापक बिश्व पराजुलीले गरेका थिए ।

सम्मेलनको औपचारिक कार्यक्रम पछि सम्मेलनमा भाग लिन आएका स्वदेश तथा बिदेशका सहभागीहरुलाई पोखराका मुख्य गन्तब्यहरुको भ्रमण समेत भएको थियो । पोखराका प्राकृतिक सौन्दर्य देखेर अचम्मित हुदै उदयपुर बिश्वबिधालय राजस्थानका प्राध्यापक हनुमान प्रसादले बिरलै भाग्यमानी मानिसहरुले मात्र यस्तो स्थानमा बस्न अबसर पाउने बताए ।

कमेन्टहरु
Loading...