पोखरा विश्वविद्यालय तोडफोड भएपछि शुक्रबार बन्द रहने

पोखरा, १० फागुन/इन्जिनियरिङका विद्यार्थीले नजिता सन्तोषजनक नआएको भन्दै पोखरा विश्वविद्यालय तोडफोड गरेका छन् । बुधबार मात्रै प्रकाशित सिभिल इन्जिनियरिङको नजिता अप्रत्याशित भएको भन्दै उत्तेजित विद्यार्थीले विश्वविद्यालय तोडफोड गरेका हुन् ।

बुधबार निस्किएको नजितामा अधिकांश विद्यार्थी अनुत्तिर्ण भएका थिए । ४० मध्ये ३८ जना फेल भएको नजिता प्रकाशित भएपछि विद्यार्थीले त्यसको बारेमा जानकारी लिन विश्वविद्यालय पुगेका थिए । विश्वविद्यालयमा विद्यार्थी गएसँगै विश्वविद्यालयका रजिष्टार, कन्ट्रोलर लगायतका पदाधिकारी हराए भएपछि उत्तेजित विद्यार्थी तोडफोडमा उत्रिएको विद्यार्थी नेताले बताएका छन् ।

तोडफोड पछि विश्वविद्यालय प्रशासनले विज्ञप्ती प्रकाशीत गरेर शुक्रबार परिक्षा बाहेका सबै प्रशासनीक र शैक्षिक कार्यक्रम बन्द रहेन विज्ञप्ती प्रकासन गरि जानकारी दिएको छ ।

पोखरा विश्वविद्यालय तोडफोड भएपछि शुक्रबार बन्द रहने
पोखरा विश्वविद्यालय तोडफोड भएपछि शुक्रबार बन्द रहने
कमेन्टहरु
Loading...