विना पूर्वाधार अनलाइन कक्षा नचलाउनूः पोखरा महानगर

पोखरा, १८ वैशाख / पोखरा महानगरपालिकाले अनुमति लिएर र पूर्वाधार बनाएर मात्र अनलाइन कक्ष सञ्चालन गर्न आफ्नो क्षेत्र भित्रका विद्यालयहरुलाई निर्देशन दिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन लागू गरिएको लकडाउन लम्बिँदै गएपछि विद्यालयले आवश्वक प्रक्रिया र पूर्वाधार बिना नै अनलाइन कक्षा सञ्चालन गर्न थालेको भन्दै महानगरेको शिक्षा महाशाखाले पूर्वाधार बिना अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन दिएको हो ।

महानगर शिक्षा शाखाले बिहीबार महानगरभित्रका केही संस्थागत विद्यालयले आवश्यक प्रक्रिया र पूर्वाधार बिनै कक्षा सञ्चालन गरेको भन्दै अनमुति बिना कक्षा सञ्चालन नगर्न सूचना जारी गरेको हो ।
‘विद्यालयले अनुमति पनि लिएको छैनन र पूर्वाधार पनि छैन । अनलाइन कक्षाको नाममा सानासाना विद्यार्थीलाई मानसिक तनाव दिन नहुने पोखरा महानगर शिक्षा शाखा प्रमुख गंगाबहादुर गुरुङले बताए । ‘प्रक्रिया र पूर्वाधार नपुगेको कक्षाले विद्यार्थीलाई ज्ञान नभई झनै मानसिक तनाव दिने उनको दाबी छ ।

उनले कक्षा ९ भन्दा मुनीका कक्षाहरुमा अनलाइन क्लास सञ्चालन नगर्न आग्रह भनिएको स्पस्ट पारेका छन् । उनले एसईई र माथिल्लो कक्षाको हकमा भने कुनै रोकतोक नभएको जानकारी दिए । ‘महानगर भएपनि अहिले प्राय विद्यार्थीहरु गाउँ फर्किएका छन् ।

सबै इन्टरनेटको पहुँचमा छैनन,’ उनले भने, ‘अनलाइन कक्षा सशुल्क हो कि निशुल्क हो रु सबै खुलाएर महानगरसँग अनमुति लिन भनेका छौं ।’ गुरुङले अनलाइन कक्षा सञ्चालन गर्दा महानगरसँग स्वीकृति लिएर मात्रै सञ्चालन गर्न आग्रह गरेका छन् ।

कमेन्टहरु
Loading...