लेखनाथमा दिनहुँ जसो सहकारीमा चोरी, बाणिज्य संघको ध्यानाकर्षण

पोखरा, २ लेखनाथ /पोखरा लेखनाथ महानगर पालिकाको लेखनाथ क्षेत्रमा दिनहुँ चोरी बढेको छ । सत्यता बचत तथा ऋण सहकारी संस्था, माछापुच्छ«े रेमिटेन्स, रन्जित सुनचाँदी पसल, शिशुवा कृषि सहकारी संस्था, न्यु कालिका ज्वेलर्स, तेज किराना पसल लगायतका विभिन्न पसल तथा सहकारीहरुमा केहि दिन यता लगातार चोरी डकैती भएको लेखनाथ उद्योग वाणिज्य संघले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

चोरी डकैती जस्ता अमानविय क्रियाकलाप भईरहेको घटना प्रति यस संघको गम्भिर ध्यानाकर्षण भएको संघका महासचिब छत्रधर आत्रेयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यस्ता घटनाहरुको लेखनाथ उद्योग वाणिज्य संघ परिवार घोर भत्र्सना गरेको छ ।

चाडपर्व नजिकिदै गर्दा यसरी दिनानुदिन चोरीका घटना बृद्धि हुदैजादाँ व्यवसायी र सर्वसाधारणहरुमा चिन्ता र त्रासको बातावरण सृजना भएको विज्ञप्तीमा उल्लेख छ । देशमा शान्ति सम्झौता वहाल भईसकेको अवस्थामा पनि उद्योगी, व्यवसायीहरु माथि भईरहने यस्ता अमानविय कृयाकलापहरु प्रति यस संघ गहिरो दुःख प्रकट गर्दछ ।

यस्ता अराजक गतिविधि र अपराधिक कृयाकलापमा संलग्न व्यक्ति वा समूहलाई छिटो भन्दा छिटो छानविन गरि कानूनी कारवाही अगाडि वढाउन साथै उद्योगी व्यवसायी तथा सर्वसाधारण नागरिकहरुलाई शाान्ति सू व्यवस्था र जनधनको सुरक्षा कायम गर्नका लागि सम्वन्धित निकायसँग लेखनाथ उद्योग वाणिज्य संघले जोडदार माग गरेको छ ।

सम्पूर्ण व्यवसायी तथा जनमानमा पनि संयम भई साधारण रुपमा चाडपर्व मनाउन तथा आफ्नो जनधनको सुरक्षाका लागि सावधानी पूर्वक चनाखो रहन संघले अनुरोध गरेको छ ।

कमेन्टहरु
Loading...