बाटो सरर रररर भए पछि काहूँडाँडामा पर्यटक बढे

श्याम राना
पोखरा, ३० कात्तिक / चाउथेका सिजन थापा बिदाको दिन अग्लो डाँडामा पुगेर तलको दृश्य हेर्न मन पराउँछन् । बिदाको दिन आउनै हुन्न साथीहरुसँग कहिले टाइगर टप त कहिले काहूँ डाँडा पुगि हाल्छन् ।

तर, सिधै उकालो र उबडखाबड साँघुरो बाटोले गर्दा डाँडातिर जान निकै सास्ती खेप्नु पर्ने उनले गुनासो गरे । ‘दुई जना भयो भने बाइकले पिक अपै लिन्न,’ उनले भने, ‘एकपटक त टायर नै पन्चर भयो ।’

यस्तै, न्युरोडका राम देवकोटालाई पनि बिदाको दिन डाँडा घुम्न मन लाग्छ । ‘तर, बाटो सम्झिँदा जान मन लाग्दैन,’ उनी भन्छन् । यि दुई त केबल प्रतिनिधी पात्र मात्र हुन् । डाँडामा बसेर सिङ्गो पोखरा हेर्न खोज्नेका लागि बाटो टाउको दुखाईको बिषय हो ।

पोखरा आएर सूर्योदय र सूर्य अस्ताएको दृश्य हेर्ने योजना बाटोकै कारण पुरा नभएको सुन्नमा आई रहन्छ । यस्तै, भर्खरै मात्र काहूँ डाँडा जाने बाटो चक्ल्याएर पिच गरिएको छ । बाटो बनी सकेपछि सूर्योदय, सूर्य अस्त, हिमाल र पोखराको दृश्य हेर्नेको संख्या ह्वात्तै बढेको छ ।

‘अहिले एकदमै सजिलो भएको छ,’ परिवार सँगै सूर्योदय हेर्न बुधबार काहूँ डाँडा पुगेकी शर्मिला योञ्जन भन्छिन्, ‘आउँने मन भए पनि पहिले त बाटो सम्झेर पनि आउँदैन थियौ ।’

बाटो बनेपछि पर्यटकको आगमनमा ४ गुना बृद्धि भएको टिकट व्यवस्थापक विजय क्षेत्री बताउँछन् । ‘पहिले बिदाको दिनमा ५० पुग्न पनि गाह्रो हुन्थ्यो,’ उनले भने, ‘बाटो बनि सकेपछि दिनकै १ सय बढि पर्यटक आउँछन् ।’

बाटो केही हदसम्म सहज भए पनि रेष्टुरेन्ट तथा अन्य भौतिक पूर्वाधारको भने अभाव रहेको उनको ठम्याई छ । ‘बढि भन्दा बढि पर्यटक तान्न यि कुरामा ध्यान दिनु जरुरी छ,’ उनले भने ।

काहुँ डाडाँमा पर्यटक लैजान व्यवसायीको पहल, पर्यटन दिवसमा विभिन्न कार्यक्रम

पोखराको काहुँडाडाँमा पर्यटन विकास, काहुँ धरहरा

पोखराको काहुँडाडाँमा पर्यटन विकास, काहुँ धरहरा

Posted by Ganthan.com on Saturday, September 29, 2018

 

कमेन्टहरु
Loading...