पोखराको चोरसाँघुमा मोटरेवल पुल सञ्चालनमा, बाटो अझै बनेन

सागर राज तिमिल्सिना
पोखरा, २४ पुस/पोखराको मुख्य प्रबेशका रुपमा रहको पृथ्वीचोक पुलको विकल्पका रुपमा नयाँ पुल निमार्ण भई सञ्चालनमा आएको छ । पोखरा लेखनाथ महानगरपालिका ७ र १५ जोड्ने चोरसाँघुस्थित सेती नदीमा सोमबार उद्घाटन गरि औपचारीक रुपमा पुल सञ्चालनमा आएको हो । निमार्ण थालेको ११ वर्ष पछि ६ महिना अगाडी निमार्ण सम्पन्न भएको हो । मोटरेवल पुलको सांसद रविन्द्र अधिकारीले उद्घाटन गरे ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग र जिल्ला समन्वय समितिको १ करोड ६१ लाखको लागतमा निमार्ण भएको हो । पुलको २९ .९ मिटर लम्बाई र सात मिटर चौडाई रहेको छ । पुल निर्माण संगै पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ७, ९, १४, १५ र १७ र स्याङजा जानका लागि बैकल्पीक पुलका रुपमा प्रयोग गर्न सकिने छ ।

पोखराको चोरसाँघुमा मोटरेवल पुल सञ्चालनमा
पोखराको चोरसाँघुमा मोटरेवल पुल सञ्चालनमा

११ वर्ष पहिले पोखरालेखनाथ महानगरपालिकाले निमार्ण सुरु गरेर त्यसै छाडेको पुललाई जिल्ला समन्वय समितिले पुरा गरेको हो । ११ वर्ष पहिलो नगरपालिकाले सेती नदिको वारीपारी नै फाउन्डेस निमार्ण गरेको थियो । त्यही फाउन्डेसमा फलामको पुल जडान गरेका हो । २०७२ फागुनमा सो पुलको निर्माण कार्य सुरु गरिएको थियो ।

पुल निर्माणसँगै महानगरपालिका क्षेत्रको दक्षिणी भेगका नागरिकलाई यातायातको सुविधा पुग्ने सांसद अधिकारीले बताए । पोखराको पृथ्वीचोक नजिकैको चाइना पुल व्यस्थ हुदाँ सवारीको लामो जाम हुन्छ । चाइना पुलको नजिकै विकल्प नहुदा लामो समय सम्म जाममा बन्नुपर्ने वा महेन्द्रपुल नै पुग्नु पर्ने बाध्यता थियो ।

चाइना पुलको विकल्प चोरसाँघुमा पुल निमार्ण हुने
चोरसाँघुमा पुल 

जिल्ला समन्वय समिति कास्कीका संयोजक वैन वहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सासद कृष्ण थापा, पूर्व सांसद शारदा पौडेल, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका महानिर्देशक जीवन कुमार श्रेष्ठ,वडाध्यक्षहरु प्रकाश पौडेल,रामचन्द्र वराल, जिल्ला ईन्जिनियर नारायण वराल लगायत पुलका बारेमा प्रकाश पारेका थिए । पुल बने पनि वडा नम्बर १५ मा पर्ने करिब २ सय मिटर बाटो पिच भने हुन सकेको छैन । जसले गर्दा यातायात आवत जावत गर्न असहज हुने गरेको छ ।

कमेन्टहरु
Loading...