यसरी बनेको मनकामना केबलकार

मनकामना केबलकार वि सं २०५४ पुस महिनाबाट निर्माण आरम्भ भएको थियो । निर्माण आरम्भ भएको १० महिना अर्थात वि सं  २०५५ कार्तिक महिनामा यसको निर्माण सम्पन्न भइ सोही सालको मंसिर ८ गतेदेखि सञ्चालनमामा आएको यो नेपालको पहिलो केबलकार समेत हो ।

नेपालमा यसभन्दा अघि विभिन्न स्थानमा रज्जुमार्गहरू सञ्चालनमा रहेका भएपनि हाल सञ्चालनमा छैनन् । प्रत्येक वर्ष हजारौं भक्तजनहरू चितवन जिल्लाको कुरिनटारस्थित चेरेसबाट यो केबलकार हुँदै गोरखा जिल्लामा अवस्थित प्रसिद्ध मनकामना मन्दिर पुग्ने गर्दछन् ।

मनकामना दर्शन प्रा। लि।द्वारा सञ्चालित ३।०२ किलोमिटर लामो यो केबलकार अष्ट्रियाको सुप्रसिद्ध केबलकार निर्माता कम्पनी ुडोपलमायरु को प्रत्यक्ष निगरानीमा निर्माण गरिएको थियो । कुल २० वटा टावर प्रयोग गरिएको यो केबलकारको तल्लो स्टेशन उचाइ समुन्द्र सतहबाट २५८ मिटर रहेको छ भने माथिल्लो स्टेशनको उचाइ १,३०२ मिटर रहेको छ । १० मिनेटमा माथिल्लो स्टेशनसम्म पुग्ने यो केबलकारको गति क्षमता ०।६ मिटर प्रति सेकेन्ड रहेको छ । ३१ यात्रु बोक्ने ३ कार्गो बोक्ने गण्डोला रहेको मनकामना केबलकारले ६ व्यक्ति प्रति डब्बा यात्रुका दरले प्रति घण्टा ६०० यात्रु ओसारपसार गर्न सक्दछ ।


Here’s historical pictures of construction period of the Nepal’s First Cable Car ‘Manakamana Cable Car’. Construction started in January 1998 and commercial operation was done on 24th November 1998 in just 10 months period and for the first time in Nepal helicopters were used to lift and erect the towers and its parts.

Information Source: Various sites
Photograph Source: Manakamana Cable Car Official Facebook Page
@OldphotoofNepal

यसरी बनेको मनकामना केबलकार
यसरी बनेको मनकामना केबलकार
यसरी बनेको मनकामना केबलकार
यसरी बनेको मनकामना केबलकार
यसरी बनेको मनकामना केबलकार
यसरी बनेको मनकामना केबलकार
यसरी बनेको मनकामना केबलकार
यसरी बनेको मनकामना केबलकार
कमेन्टहरु
Loading...